एकताप्रक्रियाबाट पछि नहट्ने ओली, र प्रचण्डको प्रतिबद्धता

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७५

काठमाडौ ९ बैशाख । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीएकतालाई सफल पार्नेबाहेक अको विकल्प नभएको बताएका छन् । उनले बरु खुट्टा ताछेर भएपनि जुत्ता मिलाउनुपर्ने उद्घोष समेत गरे ।

कम्युनिष्ट पार्टीस्थापना दिवसको अवसरमा आइतबार काठमाडौमा एमाले र माओवादीले संयुक्त रुपमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले विगतमा पनि कम्युनिष्टहरु मिल्न खोज्दा अनेक गरेर छिन्नभिन्न पार्ने काम गरेको भन्दै माओवादी- एमाले एकतालाई अब कसैले रोक्न नसक्ने बताए । आफूहरु मिल्न नसके जनताको चाहना पूरा नहुने र अरुले फाइदा लिने भएकाले अब कुनै हालतमा छुटिने कुरा गर्न नसकिने उनले बताए ।

कम्युनिष्ट विरुद्ध भ्रम छर्ने काम भइरहेको बताउदै चुनाबबाट जनताले कम्युनिष्ट पार्टीलार्इ अपनाउन खोज्दा पनि तिरस्कार गराउने हुनु दुखद् भएको बताए । प्रधानमन्त्री ओलीले एमाले र माओवादीबिच समानताकै आधारमा पार्टीएकता हुने बताए । ओलीले भने, ‘पार्टीएकता समानताकै आधारमा हुन्छ । अपमानजनक रुपमा हुँदैन । अब पार्टीएक हुनैपर्छ । मिलाउनैपर्छ । जुत्ता मिलेन भने खुट्टा ताछेर भएपनि मिलाउनुपर्छ ।’ दुर्इ ठुला पार्टीमिल्नुअघि सेन्टिमेन्टल कुरा हुनु कुनै अनौठो नभएको उल्लेख गर्दै उनले कार्यक्रम ढिला सुरु भएकोप्रति लक्षित गर्दै भने, ‘पार्टीएकता हुनुअघि सेन्टिमेन्टल कुरा हुन्छन् नै, आज पनि शुरुमै अलिकति दाँतमा ढुंगा लाग्यो ।’

पार्टीएकताका लागि देशवासीसामु प्रतिबद्धता जनाइसकेको भन्दै उनले अब यो भएन, त्यो भएन भन्ने बेला नरहेको बताए । कसैको टाउकोमा दोष थुपारेर उम्किने अवस्था नरहेको भन्दै उनले पार्टीएकता भएरै छाड्ने जिकिर गरे । अन्य कम्युनिष्ट पार्टीतर लक्षित गर्दै प्रधानमन्त्री ओलीले देशमा कम्युनिष्टको सरकार रहेको र यो नै ठुलो क्रान्ति भएको बताए । उनले निर्वाचनको माध्यमबाट अगाडि बढ्ने भएकोले अरु बाटो नभएकोसमेत स्पष्ट पारे ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीएकताबाट दायाँबायाँ गर्ने छुट नभएको बताए । प्रचण्डले आफूहरु पार्टीएकता घोषणा नजिक रहेको बताउदै बिभिन्न कारणबस पार्टीएकतामा केही ढिलाइ भएपनि कुनै हालतमा पार्टीएकता हुने कुरालाई सुनिश्चित गर्नका लागि पनि संयुक्त कार्यक्रम गरेको प्रचण्डको भनाइ थियो ।

पार्टीएकता प्रक्रियामा केही नबिग्रिएको भन्दै उनले नतोकिएको दिन पार्टीएकता हुने बताए । संगठन, नीति लगायतका विषयमा निष्कर्षतिर पुगेको र केपी ओली र आफूले संगठनात्मक एकताको मोडालिटीबारे सहमति जुटाएको जानकारी दिए । उनका अनुसार सम्मानजनक एकता, समानताको सिद्धान्त र न्यायोचित एकता, संगठनात्मक एकता गरि एकताका तीन आधार तयार गरिएको छ ।

आफूहरुले बैशाख ९ गते पार्टीएकता गर्ने औपचारिक निर्णय नगरेको नभएपनि मिडियाले टुंगो  लागिसकेको जसरी प्रचारमा ल्याएको बताए । ‘आज अर्थात बैशाख ९ गते एकता गर्ने औपचारिक निर्णय गरेका थिएनौं ।  वाम कार्यदलले सुझाव दिएको मात्रै हो’,  प्रचण्डले भने, ‘बाहिर हल्ला गरेपछि हामीबीच   त्यो दिन हुँदैन भन्ने पहिले नै कुरा भइसकेको थियो । अब नभनेको दिन  एकता हुन्छ ।’

विगतमा वाम तालमेल, एकता  गर्ने लगायतका सम्झौता गरेर सबैलाई सरप्राइज दिइएको भन्दै प्रचण्डले अब एकताको घोषणा पनि सरप्राइज हुने बताए । प्रचण्डले एकताबाट दायाँबायाँ गर्ने छुट कहिँ कतैपनि पनि नभएको भन्दै उम्कन नसक्नेगरी जनता, कार्यकर्ता र विश्वको पनि घेरा रहेको बताए । एकताको सर्न्दर्भमा एमाले अध्यक्ष केपी  ओली र आफूले कतिपनि दायाँ बायाँ गरेको खण्डमा कसैले छुट नदिने भन्दैे एकताको प्रक्रिया ब्रि्रन नलागेको बरु बरु परिपक्क ढंगले गर्न नलागेको उनको भनाई थियो । त्यसअघि, कार्यक्रम शुरु हुने बेलामा एउटा व्यानरको विषयले विवाद उत्पन्न भएको थियो । कार्यक्रमस्थलमा झुन्ड्याइएको मुख्य ब्यानरमा लेनिनको तस्िवर नभएको र माओवादी केन्द्रलाई ‘माके’ भनेर अपमान गरिएको भन्दै माओवादी पार्टीको भातृ संगठनले आपत्ति जनाएपछि कार्यक्रम स्थल तनावग्रस्त बनेको थियो । माओवादी कार्यकर्तालाई शान्त पार्न ब्यानर हटाइएको थियो । तर, त्यसमा एमालेको भातृसंगठन अखिलले आपत्ति जनाएपछि कार्यक्रम लामो समय प्रभावित बन्न पुग्यो । अन्ततः दुर्इवटा ब्यानर राख्ने र कार्यक्रमस्थलमा लेनिनको फोटो राख्ने सहमति भएपछि बल्ल कार्यक्रम शुरु भयो ।

कार्यकर्ता प्रशिक्षण

१४९ औँ लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा माओवादी केन्द्र कास्कीले आईतवार जिल्लास्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरेको छ । कार्यक्रममा वोल्दै माओवादी केन्द्रका पोलिटव्युरो सदस्य झलकपाणी तिवारीले विश्व कम्युनिष्ट आन्दोलनमा लेनिनको महत्वपूर्ण योगदान पुर्‍याएको  र उहाँमा मार्क्सवादप्रति दृढ विश्वास रहेको विचार राखे । कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले निजी सुविधा छाडेर आफ्नो वर्गको हितको लागि काम गर्नुपर्ने प्रेरणा लेनिनवाट प्राप्त हुने धारणा तिवारीको छ । प्रदेश आन्तरिक मामला तथा कानूनमन्त्री हरिवहादुर चुमानले संघीयता कार्यान्वनको लागि प्रदेश सरकार वलियो हुनुपर्ने भनाई राखे । माओवादी केन्द्र कास्कीका इन्चार्ज राजकाजी गुरुङले पार्टीएकता गरेर आत्मनिर्भर अर्थतन्त्र विकास गरेर समाजवादी क्रान्तिको तयारी गर्नुपर्ने भनाई राखे । पार्टीएकतालाई वल पुग्ने कार्यक्रम र अभिव्यक्ति दुवै पार्टीका नेता कार्यकर्तावाट हुनुपर्ने र कोही कसैप्रति उत्तेजित हुन नहुने धारणा नेता गुरुङको छ ।

कार्यक्रममा प्रदेश सांसदहरु रामजीप्रसाद वराल, गायत्री गुरुङ, जिल्ला संयोजक वखानसिँह गुरुङ, सहसंयोजक गंगा पोखरेल तथा अर्जन छन्त्याल समेतले लेनिनको योगदान तथा कम्युनिष्ट एकताको वारेमा भनाई राखे ।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width