जनप्रकाशमा तीन विद्यार्थीले पाए अभिभावक

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७५
a

लेखनाथ, ९ वैशाख ।विद्यालय शिक्षाबाट कुनै पनि विद्यार्थी बञ्चित हुन नपरोस भनेर सरकारले ल्याएको  भर्ना अभियान अन्तरगत कास्कीको जनप्रकाश माविमा अध्यनरत तीन विद्यार्थीले सामाजिक क्षेत्रका अभिभावक पाएका छन् ।

सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढाउने उद्देश्यले राष्ट्रियस्तरमा अगाडी सारिएको योजना अन्तरगत आइतवार भएको भर्ना अभियानमा गरिव तथा  जेहेन्दर तीन विद्यार्थीका छुट्टाछुट्टै ब्यक्तिले अभिभावकत्व ग्रहण गरेका हुन् ।

विद्यालयको कार्य क्षेत्रभित्र बाजागाजा सहित जनप्रतिनिधि, अभिभावक, शिक्षक तथा ब्यवस्थापन समितिका पदाधिकारी सहितको टोलीले स्कूल जाने अवस्थाका सवै विद्यार्थीहरुलाई विद्यालय पठाउन अनुरोध गरे ।

यसैक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं २९ का वडाध्यक्ष चेतवहादुर गुरुङले नर्सरी कक्षामा भर्ना भएकी रामवहादुर परियार र सिता परियारकी छोरी निसा परियारको अभिभावकत्व ग्रहण गरेका छन् भने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मनोज गुरुङले कक्षा १ मा अध्यनरत प्रबिन नेपाली र बिना नेपालीका छोरा शिशिर नेपालीको अभिभावकत्व ग्रहण गरेका हुन् । सोही अवसरमा भण्डारढिक स्रोतकेन्द्रका स्रोतब्यक्ति विष्णुप्रसाद तिवारीले कक्षा ६ मा अध्यनरत श्यामवहादुर परियार र विनु परियारका छोरा वारिस परियारको अभिभाकत्व ग्रहण गरेको शिक्षक हुमनाथ ढकालले जानकारी दिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width