हेमजा, ९ वैशाख ।नेपाली काँग्रेस पोखरा २५ को आयोजनामा हेमजा, कुँवरथर निवासी स्वः टेकबहादुर कुँवरको १३ औं दिनको पुण्यतिथीमा आइतवार शोकसभा गरिएको छ । नेपाली काँग्रेसका पुर्व क्षेत्रीय सदस्य रहेका कुँवरको सम्झनामा पार्टीले शोकसभा गरेको हो । कार्यक्रममा बोल्दै काँग्रेस नेता शुक्रराज शर्माले कुँवर सामाजिक व्यक्ति भएको स्मरण गर्दै कुँवरको निधनले पार्टीतथा समाजलाई अपुरणीय क्षेति पुगेको टिप्पणी गरे । नेपाली काँग्रेस जिल्ला सभापति कृष्ण केसीले कुँवर सिद्घान्तवादी नेता नभई व्यवहारवादी नेता भएको औँल्याए ।
सो अवसरमा पुर्व सांसद शारदा पौडेल, क्षेत्रीय सभापति पोषनाथ शर्मा, पोखरा नगर सभापति बजिरमान श्रेष्ठ, साविक हेमजा गाविसका पुर्व अध्यक्ष रामचन्द्र त्रिपाठी, हेमजाका पुर्व सभापति माधवशरण बास्तोला लगायतले कुँवरको व्यक्तिगत एवम् सामाजिक जीवनको प्रशम्सा गरेका थिए ।
कुँवरको ८१ वर्षको उमेरमा निधन भएको थियो । उनले आफ्नो जीवनकालमा हेमजाका विभिन्न संघसंस्थामा पनि सेवा गरेका थिए । वडा संयोजक दानबहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन वडा सचिव मोतिराज तिम्सिनाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
प्रकट पगेनी ‘शिव’ को निधन
नयाँ वर्षमा एगाको सहयोग
दरौंखोला समाजको भित्तेपात्रो
भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन
छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना
hero news full width
मुख्य समाचार
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१कामचलाउ मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने तयारीमा
वैशाख ४, २०८१