काव्यमालामा सङगीत यात्रा

Avatar आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७५

हेमजा, ९ वैशाख।हेमजा साहित्य प्रतिष्ठानको नियमित मासिक शृङखला शुभप्रभात काव्यमाला बीच शनिवार सुगम सङगीत यात्रा सम्पन्न भएको छ ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष जर्नादनशरण त्रिपाठीको प्रमुख आतिथ्यतामा भएको एक सय ८० औं काव्यमालामा विष्णुप्रसाद अधिकारी, गोविन्दप्रसाद पराजुली, मदन भण्डारी, राजु क्षेत्री ‘अपुरो’, ओजश्वी अधिकारी, वसन्त विनोद, विष्णुप्रसाद बास्तोला, सीता लामिछाने, दर्शन छन्त्याल, प्रकाश त्रिपाठी, झलक कुँवर, कृष्णप्रसाद पौडेल, अमृता अधिकारी, देवी त्रिपाठी, अनुराग अधिकारी, निर्मला न्यौपाने र सर्वज्ञ श्रेष्ठले रचना वाचन गरेका थिए ।

त्यस्तै, त्रिवेणी सङगीतालय, अनुपम म्युजिक तथा जेर्र्.इ म्युजिक एकेडेमीको संयुक्त आयोजनामा ३४ औं सुगम सङगीत यात्रा पनि सोही समारोहबीच भएको थियो । यात्रामा नवराज बराल, रामभक्त जोजिज्यू,, सन्तोष घिमिरे, यमबहादुर नेपाली, अनिल थापा, सुनिल गायक, मोनिका पुन, जय चापागाई, गंगा त्रिपाठी र तमन्ना गुरुङले प्रस्तुति राखेका थिए ।उनीहरुले समाजमा सुगम सङगीतलाई लोकप्रिय बनाउन थप पहल हुनुपर्नेमा जोड पनि दिए ।

प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रम प्रतिष्ठानका सहसचिव सुनिल गायकले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

Comments on काव्यमालामा सङगीत यात्रा

अन्य समाचार

डाबाको रक्तदान

पोखरा, ९ वैशाख । नयाँ बर्ष - २०७५ को अवसरमा डु एगेन्सट ब्याड एक्सन (डाबा) क्लब पोखराले आइतबार रक्तदान कार्यक्रम गरेको छ। नेपाल रेडक्रस सोसाईटी पोखराको सहकार्यमा पोखरा बिरौटामा आयोजित कार्यक्रममा  २२ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक स्वस्तिक सुवेदीले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराका बरिष्ठ प्राविधिक अधिकृत अर्जुन ज्ञावालीले पहिलो रक्तदाता होम रानालाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । डाबा क्लबका अध्यक्ष विकास भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य बिराज श्रेष्ठले स्वागत  र कार्यक्रम संयोजक स्वस्तिक सुवेदीले संचालन गरेका थिए ।

आमा मिलनको शुभकामना

पोखरा, ९ वैशाख ।आमा मिलन बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लि. पोखराले आफना शेयर सदस्य, कर्मचारी, संचालकसहित नयाँ बर्ष २०७५ को शुभकामना आदानप्रदान गरी वाषिर्क कार्यक्रम अनुसार डायरी नोटबुक प्रकाशन गरेको छ । संस्थापक अध्यक्ष इन्दिरा पौडेलल कार्यक्रम उद्घाटन गरेकी हुन् । संस्थाका अध्यक्ष कृष्णबहादुर थापा र सल्लाहकार बेदकुमार श्रेष्ठले संयुक्त रुपमा डायरी बिमोचन गरेका हुन्  । शुभकामना शेयर धनी शेषबहादुर थापा, यामप्रसाद पौडेल, अमरनाथ रेग्मी, कमला श्रेष्ठ र सल्लाहकार प्रेमराज पौडेलले शुभकामना मन्तव्य राखेका थिए। संस्थाका अध्यक्ष कृष्णबहादुर थापाल अध्यक्षता गरेको…