काठमाडौं, ८ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरुवात हुन लागेको बताएका छन् ।
काठमाडौंमा शनिबार एक कार्यक्रममा उनले सरकारले राजश्व विभाग, राष्ट्रिय अनुसन्धान विभाग लगायतलाई प्रधानमन्त्री कार्यालयमा राखेर मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरु गर्न खोजेको आरोप लगाए । ‘यसले स्पष्ट भइसकेको छ, अधिनायकवादी शासन व्यवस्थाको शुरुवात गर्ने प्रयास भइरहेको छ,’ उनले भने ।
पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले आरोप प्रत्यारोप गर्ने क्रम छोडेर अब एकदलीय सार्वसत्तावाद विरुद्ध एकजुट हुन आहृवान गरेका छन् । उनले भने, ‘सारा पत्रपत्रिका ओलीविरुद्ध लेख्न डराइसके । अब हामीले सर्वसत्तावादी कम्युनिष्ट शासनको खिलापमा लडेर नेपाललाई पूर्णप्रजातान्त्रिक देश बनाउनुपर्छ ।’ प्रधानमन्त्री ओली एकदलीय सार्वसत्तावादी सोचबाट अघि बढेको आरोप देउवाको छ ।
फेरि एकपटक नेपालमा एकदलिय शासन चलाउने अभ्यासमा सरकार लागेको भन्दै प्रतिकारमा एक ढिक्का हुन कार्यकर्तालाई निर्देशन दिए । वर्तमान सरकार निरंकुश बाटोमा अगाडि बढेको जिकिर गर्दै सभापति देउवाले निरंकुशताविरुद्ध लड्नका लागि तयार हुन कार्यकर्तालाई निर्देशन दिएका छन् । संविधान च्यात्ने, बहिष्कार गर्ने र मधेश आन्दोलनका सबै शक्तिलाई काँग्रेसले चुनावमा ल्याएको स्मरण गर्दै उनले मुलुकलाई निकास दिने कार्यमा काँग्रेसको भूमिका महत्वपूर्ण भएको बताए । प्रतिनिधिसभाको निर्वाचनका बेला बाम गठबन्धनले चुनाब जिते अधिनायकवाद आउने देउवाले बताउने गरेका थिए ।
उनले प्रदेशसभा र प्रतिनिधि सभामा पार्टीले भोग्नुपरेको पराजयलाई अवसरका रुपमा बदलेर संगठन निर्माणमा लाग्नुपर्ने बताए । पार्टिभित्र देखिएको छाडातन्त्रबाट काँग्रेस चल्न नसक्ने भन्दै सभापति देउवाले पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र विभागले चाँडो पूर्णता पाउने आश्वासन दिए ।
कार्यक्रममा महामन्त्री डा शशांक कोइरालाले काँग्रेसले अहिलेसम्म गरेको राम्रो कामलाई कार्यक्रम बनाएर जनतामाझ लैजानुपर्ने बताए । देउवाले आगामी निर्वाचनमा पहिलो पार्टीबन्ने गरी संगठन सुदृढीकरणमा लाग्न पनि निर्देशन दिए ।
Related News
सम्बन्धित समाचार
मधेसमा ‘बोक्सी हुन्न’ अभियान
भगिनी सम्बन्धको दुरुपयोग
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९