सरकार अधिनायकवादतर्फ : देउवा

आदर्श समाज सम्वाददाता
वैशाख ९, २०७५

काठमाडौं, ८ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरुवात हुन लागेको बताएका छन् ।

काठमाडौंमा शनिबार एक कार्यक्रममा उनले सरकारले राजश्व विभाग, राष्ट्रिय अनुसन्धान विभाग लगायतलाई प्रधानमन्त्री कार्यालयमा राखेर मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरु गर्न खोजेको आरोप लगाए । ‘यसले स्पष्ट भइसकेको छ, अधिनायकवादी शासन व्यवस्थाको शुरुवात गर्ने प्रयास भइरहेको छ,’ उनले भने ।

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले आरोप प्रत्यारोप गर्ने क्रम छोडेर अब एकदलीय सार्वसत्तावाद विरुद्ध एकजुट हुन आहृवान गरेका छन् । उनले भने, ‘सारा पत्रपत्रिका ओलीविरुद्ध लेख्न डराइसके । अब हामीले सर्वसत्तावादी कम्युनिष्ट शासनको खिलापमा लडेर नेपाललाई पूर्णप्रजातान्त्रिक देश बनाउनुपर्छ ।’ प्रधानमन्त्री ओली एकदलीय सार्वसत्तावादी सोचबाट अघि बढेको आरोप देउवाको छ ।

फेरि एकपटक नेपालमा एकदलिय शासन चलाउने अभ्यासमा सरकार लागेको भन्दै प्रतिकारमा एक ढिक्का हुन कार्यकर्तालाई निर्देशन दिए । वर्तमान सरकार निरंकुश बाटोमा अगाडि बढेको जिकिर गर्दै सभापति देउवाले निरंकुशताविरुद्ध लड्नका लागि तयार हुन कार्यकर्तालाई निर्देशन दिएका छन् । संविधान च्यात्ने, बहिष्कार गर्ने र मधेश आन्दोलनका सबै शक्तिलाई काँग्रेसले चुनावमा ल्याएको स्मरण गर्दै उनले मुलुकलाई निकास दिने कार्यमा काँग्रेसको भूमिका महत्वपूर्ण भएको बताए । प्रतिनिधिसभाको निर्वाचनका बेला बाम गठबन्धनले चुनाब जिते अधिनायकवाद आउने देउवाले बताउने गरेका थिए ।

उनले प्रदेशसभा र प्रतिनिधि सभामा पार्टीले भोग्नुपरेको पराजयलाई अवसरका रुपमा बदलेर संगठन निर्माणमा लाग्नुपर्ने बताए । पार्टिभित्र देखिएको छाडातन्त्रबाट काँग्रेस चल्न नसक्ने भन्दै सभापति देउवाले पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र विभागले चाँडो पूर्णता पाउने आश्वासन दिए ।

कार्यक्रममा महामन्त्री डा शशांक कोइरालाले काँग्रेसले अहिलेसम्म गरेको राम्रो कामलाई कार्यक्रम बनाएर जनतामाझ लैजानुपर्ने बताए । देउवाले आगामी निर्वाचनमा पहिलो पार्टीबन्ने गरी संगठन सुदृढीकरणमा लाग्न पनि निर्देशन दिए ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width