भूपू खेलाडी रानाभाटलाई सम्मान

आदर्श समाज सम्वाददाता
वैशाख ९, २०७५
ranabhat

पोखरा, ८ वैशाख। भूतपूर्व खेलाडीहरुको साझा मञ्च नेपाल भूतपूर्व खेलाडी मञ्चले संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटलाई सम्मान गरेको छ।

पूर्व राष्ट्रिय खेलाडी समेत रहेका रानाभाटले नेपालको खेलकुद विकासमा पुर्‍याएको योगदानको कदरस्वरुप सम्मान गरिएको मञ्चले जनाएको छ ।

मञ्चको नवौं वाषिर्क साधारण सभाको अवसरमा संस्थापक अध्यक्ष रानाभाटलाई प्रदेश ४ की सामाजिक विकास मन्त्री नरदेवी पुन, सांसदद्वय मोहन रेग्मी, इन्द्रधारा विस्ट, मञ्चका अध्यक्ष तेज गुरुङले दोसल्ला ओर्ढाई ताम्रपत्र सहित सम्मान गरे।

२०५८ सालमा रानाभाटकै अगुवाईमा नेपाल भूतपूर्व खेलाडी मञ्च गठन गरिएको हो। पोखरा रंगशालालाई छेकबार गरी राज्यले समेत गर्न नसकेको काम गरेको मञ्चले पछिल्लो समय पोखरामा म्याराथन प्रतियोगिता गर्दै आएको छ। २०६१ सालमा झण्डै १ करोड रुपैयाँ लागतमा पर्खाल निर्माण गरिएको थियो। रानाभाट फुटबल, भलिबल र एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी समेत हुन्। उनी नेपाल खेलकुद पत्रकार मञ्च कास्कीबाट गत वर्ष लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भइसकेका छन्। मञ्चका अध्यक्ष तेज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मन्त्री पुनले आजीवन खेलक्षेत्रमा लागेर नेपाललाई विश्वसामु चिनाउन खेलाडीहरुको महत्वपूर्ण भूमिका रहेको बताइन्।

गत फागुनमा आयोजित सफल पोखरा म्याराथनमा मञ्चले ४ लाख रुपैयाँ बचत गरेको सार्वजनिक गरियो। मञ्चका कोषाध्यक्ष मन्जुलमान श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गर्दै म्याराथनमा ११ लाख ३१ हजार रुपैयाँ आम्दानी भई ७ लाख २५ हजार खर्च भएको विवरण प्रस्तुत गरे। मञ्चले पोखरालाई स्पोर्टस् सिटीको अवधारणा अनुसार पोखरा म्याराथन प्रतियोगिता निरन्तरता दिएको हो। मञ्चका अध्यक्ष तेज गुरुङले भूतपूर्व खेलाडी मञ्चले म्याराथन प्रतियोगितालाई अझ भव्य र सभ्य रुपमा सम्पन्न गर्दै पोखरालाई अन्तर्राष्ट्रिय बजारमा म्याराथन सिटीको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए।

कार्यक्रममा मञ्चका महासचिव खेमबहादुर गुरुङले वाषिर्क प्रतिवेदन प्रस्तुत गर्दै मञ्चमा हालसम्म १ सय ७७ जना भूतपूर्व खेलाडी आवद्ध भएकोमा १७ जना दिवंगत भएको बताए ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width