दुवै अध्यक्षको वार्ता

आदर्श समाज सम्वाददाता
वैशाख ९, २०७५

काठमाडौँ, ८ वैशाख । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टीएकीकरणलाई निष्कर्षमा पुर्‍याउने विषयमा दुवै पार्टीका अध्यक्षबीच शनिबार पनि वार्ता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा २ घण्टासम्म ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच गम्भीर छलफल भएको हो ।

पार्टीएकीकरणका विषयमा भएको दुवै अध्यक्षबीच सकारात्मक छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । उनका अनुसार पार्टीएकताको विषय सकारात्मक रुपमा अगाडि बढेको छ । पार्टीएकीकरणका विषयलाई अन्तिम रुप दिन दुवै अध्यक्ष गम्भीरतापूर्वक लागेको बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width