काठमाडौं, ८ वैशाख । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले चीनसँग सहयोगका पाँच क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको बताएका छन् । यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, कृषिको आधुनिकीकरण, पर्यटन प्रवर्द्धन तथा जनस्तरको सम्बन्ध विकासलाई उच्च प्राथमिकतामा राखेको परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ छ ।
चीनको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश र्फकेका ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ‘एकक्षेत्र एकमार्ग’ -बिआरआई) अर्न्तर्गत सहयोगका लागि नेपालले निर्धारण गरेका प्राथमिकताका ती पाँच क्षेत्रबारे विस्तृत रुपमा चिनियाँ पक्षलाई अवगत गराएको बताए । चिनियाँ अधिकारीहरूले नेपालमा केही लगानी भइरहेको, थप लगानीका लागि प्रक्रियागत झन्झट अन्त्य गरी सहज वातावरण बनाउन आग्रह गरेका जानकारी दिँदै उनले थप पुँजी र उत्कृष्ट प्रविधि नेपाल भित्र्याउन तथा थालेका परियोजना समयमै सम्पन्न गर्न अनुरोध गरेको जानकारी दिए । चिनियाँ समकक्षीसँग भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा सीमा नाकाको सञ्चालन तथा स्तरोन्नति, द्विपक्षीय रसुवागढी-केरुङ र तातोपानी-झाङमु नाकाहरुको स्तरोन्नति गर्ने र आगामी दिनमा थप नाका खोल्नुपर्ने आवश्यकतामा जोड दिँदै तातोपानी नाकालाई शीघ्र सञ्चालनका लागि आग्रह गरेको जानकारी पनि उनले दिए ।
बेइजिङ भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले बुधवार चीनका उपराष्ट्रपति वाङ छिशाङसँग शिष्टाचार भेट गरेका थिए। सोही दिन चिनियाँ विदेशमन्त्री वाङ यीसँग दुर्इपक्षीय भेट गरेका थिए । भेटका दौरानमा बेल्ट एन्ड रोड इनिसियटिभ -बीआरआई) अर्न्तर्गत सहभागी मुलुकहरूबीच सहयोग बढाउने चीनको प्रयत्नलाई नेपालको तर्फबाट समर्थन जनाएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए । उनले भने, ‘मित्रता र असल छिमेकीपनमा आधारित नेपाल र चीनबीच सम्बन्धमा प्राचीनकालदेखि उत्कृष्ट रहीआएको उल्लेख गर्दै चिनियाँ उपराष्ट्रपतिले दुर्इपक्षीय सम्बन्धको सम्भावनालाई पूर्णरुपमा उपयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो ।’
बेइजिङ भ्रमण सफल भएको भन्दै उनले चिनियाँ विदेशमन्त्रीसँग दुर्इपक्षीय छलफलका नेपाल-चीन सम्बन्धलाई थप नयाँ उचाइमा पुर्याउने विषयमा सहमति भएको जानकारी दिए । उनले दुर्इपक्षीय वार्ताका क्रममा नेपालले ‘क्रस बोर्डर’ रेलमार्ग निर्माणमा चिनियाँ सहयोगका लागि प्रस्ताव राखिएको समेत बताए ।
‘बीआरआईअर्न्तर्गत परियोजनाका विषयमा छलफल भयो, विशेषगरी सीमा आरापार रेलमार्ग विस्तारका लागि हामीले चिनियाँ सरकारको सहयोग होस भनेर प्रस्ताव राखेका छौँ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘परियोजना निर्माणमा लगानीको मोडालिटीको विषयमा छलफल खुला छ। हामीले रेलमार्ग चिनियाँ लगानीमै हुनुपर्छ भन्ने हाम्रो कुरा राखेका छौँ ।’
Related News
सम्बन्धित समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
लगानी नहुँदा अर्थतन्त्र धरातलमा: प्रदेश प्रमुख
चुनावी एजेन्डा सुनाउन गृहनगरमा अञ्जन
नागरिक लगानी कोषको पोखरा शाखा देशभरमै उत्कृष्ट
उद्योग वाणिज्य महासंघमा अञ्जन श्रेष्ठको उम्मेदवारी
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९