Worldlink ads

‘सांसद’ मनाङ्गे पक्राउ 

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७५
Deepak_Manange_to_contest_polls_as_independent_candidate9203

काठमाडौं, ६ वैशाख । प्रदेश सांसदमा निर्वाचितपछि पूर्ववर्ती फैसला कार्यान्वयनका क्रममा फरार रहेका प्रदेश ४ अन्तर्गत मनाङका प्रदेश सभा सदस्य दीपक मनाङ्गे (राजीव गुरुङ) पक्राउ परेका छन् । उनलाई  काठमाडौंको स्वयम्भूस्थित तीनधाराबाट पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।

मनाङ्गेलाई स्वयम्भू तीनधारामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको परिसरका प्रवक्ता एवं डीएसपी मोहन थापाले बताए ।

मनाङेलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा बुझाइने काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

२०६९ साउन २८ गते तत्कालीन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई ५ वर्ष कैद सजाय तोकेको थियो । गत माघमा सवोर्च्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । त्यसपछि प्रहरीले मनाङेको खोजी थालेको हो ।

मनाङ्गे गत प्रदेश सभा निर्वाचनमा नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेद्वारको रुपमा निर्वाचित भएका थिए । निर्वाचित भए लगतै अदालतको कैद सजाय सार्वजनिक भएपछि उनी सांसदको सपथ नै हुन नपाई फरार बनेका थिए ।

२०६१ सालमा ‘गुण्डा नाइके’ चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङे समूहले चक्रे मिलनको हात छिनाएको थियो । सोही घटनामा संलग्न अन्य अभियुक्तहरु रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई माघ २ गते सवोर्च्च अदालतले सफाइ दिएपछि मनाङेलाई पुनरावेदनले पहिल्यै ५ वर्षको कैद सजाय सुनाएको रहस्य बाहिर आएको थियो ।

उनको खोजी गर्न महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्यूरोले छुट्टाछुट्टै टोली खटिएको थियो । यसअघि जिल्ला अदालत काठमाडौंको फैसलाबमोजिम मनाङे २ वर्ष जेल बसिसकेका छन् । जिल्ला अदालतको फैसलापछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङेलाई सजाय कम भएको दाबी गर्दै समूहविरुद्ध पुनरावदेन अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।

Related News

सम्बन्धित समाचार

    • गुडिरहेको बसमा आगलागी

      रासस कार्तिक ७, २०७८
      धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख…
    • मुख्यमन्त्री पोखरेलले लिए पोखराका मेयर जिसीको स्वास्थ्य अवस्थाबारे जानकारी

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका…
    • महिलाले शव बोकेर घाटसम्म पुर्‍याए

      रासस कार्तिक ६, २०७८
      तनहुँ । छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म…
    • किन देखिन्छन् समाजमा यौन विकृति ?

      रामप्रसाद सुवेदी कार्तिक ६, २०७८
      अहिले नेपाली समाजमा घटेका अनेक घटनाले सामाजिक सञ्जाल भरिएको पाइन्छ । त्यसको मात्रा हेर्ने हो भने धेरै यौनजन्य क्रियाकलामा जोडिएका…
    • आत्महत्याविरुद्ध पत्रकारलाई अभिमुखीकरण

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      लमजुङ । लमजुङमा कार्यरत पत्रकारका लागि आत्महत्याविरुद्ध अभिमुखीकरण गरिएको छ । नेपाल पत्रकार महासंघको आयोजनामा कोशिस नेपालको सहयोगमा आयोजित अभिमुखीकरण…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग