काठमाडौँ, ६ वैशाख : सवोर्च्च अदालतले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गरेको छ।
कामु प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलास बिहीबार अवहेलनासम्बन्धी मुद्दा चलाउनुपर्ने प्रमाण फेला नपरेको उल्लेख गर्दै सो मुद्दा खारेज गरेको हो। अधिवक्ता मनोज अधिकारीले तत्कालीन प्रधानन्यायाधीश पराजुलीले नेतृत्वमा हुँदा न्यायपालिकाको अधिकार दुरुपयोग हुने गरी काम गरेको आरोप लगाउँदै अदालतको अवहेलनासम्बन्धी मुद्दा गत फागुन १५ गते दर्ता गरेका थिए।
प्रा डा गोविन्द केसीका कानून व्यवसायी वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीलाई धम्की दिएको र कीते नागरिकताका आधारमा प्रधानन्यायाधीश भएर पराजुलीले अदालतको अवहेलना गरेको जिकिर मुद्दामा गरिएको थियो। तत्कालीन प्रधानन्यायाधीश पराजुलीले उमेर हदका कारण उनको गत साउन २१ गते पदावधि सकिएको भनी न्याय परिषद्ले पत्र पठाएपछि राजीनामा दिइसकेका छन् ।
Related News
सम्बन्धित समाचार
प्रदेश सरकार उलटपुलट
दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता
युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण
रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता
hero news full width
मुख्य समाचार
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१