Worldlink ads

आज लायन्स अधिवेशन

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७५

पोखरा, ७ वैशाख। लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालको छैटौं अधिवेशन शुक्रबारदेखि पोखरामा शुरु हुँदैछ ।

अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको गभर्नर धनराज आचार्यले पत्रकार सम्मेलनमार्फत जानकारी दिए। महाधिवेशनअन्तर्गत शुक्रबार दिउँसो साढे १२ देखि स्वागत, किट वितरण कार्यक्रम र साढे २ बजे अधिवेशन उद्घाटन हुने कार्यक्रम छ। अधिवेशनको सँस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्ने कार्यक्रम छ।

शुक्रबारै पहिलो प्लेनरी बेलुकी साढे ७ बजे बिज्नेस बैठक चल्ने बताइएको छ।

शनिबार बिहान पोखराको नयाँबजारस्थित प्रदर्शनीकेन्द्रमा भेला भई क्लबहरुको उत्कृष्ट ब्यानरसहितको परेड शुरु गरी पोखरा सभागृहमा विशेष स्वागत कार्यक्रम आयोजना गर्नुका साथै दोस्रो प्लेनरी अर्थात निर्वाचन कार्यक्रम हुनेछ। अधिवेशनमा लायन्स क्लब अन्तर्राष्ट्रियका निर्देशक अरुणा अभि ओसवालको पनि उपस्थिति रहनेछ । यस्तै दृष्टिविहिन क्षेत्रमा नेपालमै उत्कृष्ट योगदान पुर्‍याउन सफल सृष्टि केसी, एलसी किनोट स्पिकरको रुपमा रहने छन्।

आयोजकका अनुसार एलसीआइएफ एरिया लिडर एवम् मल्टिपल काउन्सिल चियरपर्सन बालकृष्ण बुलाकोटी, जीएमटी एरिया लिडर खगेन्द्र सिटौला लगायतको उपस्थिति रहनेछ।

नेपालभित्र रहेका अन्य तीनवटै डिष्ट्रिक्टका डिष्ट्रिक्ट गभर्नर साथै ३२५ बी वान डिष्ट्रिक्टअन्तर्गतका डिष्ट्रिक्ट पदाधिकारी, सम्पूर्ण लायन र लियो क्लब सदस्यको विशेष उपस्थिति रहने बताइएको छ। शनिबारै मतदान र गणना गरी लायन वर्ष २०१८/०१९ का लागि लायन तथा लियोको नतिजा घोषणा गरिने कार्यक्रम छ।

कुल ३ सय ३३ लायन्स क्लब र १० हजार ५ सय १४ सदस्य संख्या रहेको ३२५ बी वान डिष्ट्रिक्टको वर्ष २०१८/०१९ का लागि योग्य मतदाता ७ सय ३२ छन्।

डिष्ट्रिक्ट गभर्नरसहित प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर १ र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरका लागि १ पदमा निर्वाचन गर्ने व्यवस्था छ। डिष्ट्रिक्ट गभर्नरका लागि हालका द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठ र प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरका लागि हालका द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरर्र् इन्दु लम्सालले ‘एस भोट’ लिनुपर्ने छ।

Related News

सम्बन्धित समाचार

    • आमाको स्मृतिमा बास्तोला परिवारको अक्षयकोष

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पोखरा ११, फूलबारीका रामचन्द्र बास्तोला र कृष्णप्रसाद बास्तोला (राजु) ले आमाको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । उनीहरुले…
    • विश्व हिन्दू महासंघको पोखरामा महायज्ञ तयारी

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । विश्व हिन्दू महासंघ राष्ट्रिय समिति कास्कीको आयोजनामा ॐकार सनातन वैदिक धर्म संकल्प महायज्ञ एवं श्रीमद्भागवत् धर्म जागरण विराट…
    • पोखरामा खसी बजारमा अनुगमन

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । चाडपर्वमा उपभोक्ता ठगिएको गुनासा आएपछि पोखरा महानगरले बजार अनुगमन सुरु गरेको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा…
    • पाल्पाली समाज पोखराको शुभकामना आदानप्रदान

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पाल्पाली समाज पोखराले दसैं, तिहार, नेपाल संवत, छठ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व…
    • मेयर मानबहादुर जिसी पोखरा फर्के

      आदर्श समाज सम्वाददाता असाेज २३, २०७८
      पोखरा, २३ असोज । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी झण्डै २ महिनाको उपचारपछि पोखरा फर्केका छन् । उनी शनिबार पोखरा…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग