सहकारीमा पहिलो एटिएम

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७५

पोखरा, ६ वैशाख। बिहानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेयर सदस्यको आर्थिक भुक्तानीलाई सहजीकरण बनाउने उद्देश्यले एटिएम सेवा शुरु गरेको छ।

पोखरामा बिहीबार आयोजित एक समारोहबीच प्रदेश ४ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री लेखबहादुर थापाले सेवा शुभारम्भ गरे। सहकारीको आर्थिक भुक्तानी सहजीकरण गर्ने सेवाले सहकारी क्षेत्रमा नयाँ आयाम थपिएको मन्त्री थापाले बताए।

इन्फो डेभलपर्स प्रालिको सहयोगमा नेपालमा एटिएम सेवा प्रदायक एससिटी नेर्टवर्कसँगको सहकार्यमा एटिएम सञ्चालनमा ल्याइएको सहकारी संस्थाका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए।

कुल ६ हजार भन्दा बढी सेयर सदस्य भएको सहकारीले पोखराको हेमजा, तालचोक, विरौटा र मुख्य कार्यालय सभागृह गरी ४ स्थानबाट सेवा दिँदै आएको छ। एटिएम सेवा अन्य सहकारी संस्थाले पनि प्रयोगमा ल्याउनु पर्ने खाँचो रहेको अध्यक्ष शर्माले बताए।

इन्फो डेभलपर्स प्रालिले सहकारी संस्थाको वित्तीय प्रणाली सरल र चुस्त दुरुस्त बनाउन विगत लामो समयदेखि विभिन्न सफ्टवयर मार्फत काम गर्दै आएको छ। प्रालिले एससिटि नेर्टवर्कसँगको सहकार्यमा ल्याइएको विद्युतीय भुक्तानी प्रणालीले सहकारी सेवालाई थप सुदृढीकरण बनाउने काम गरेको प्रालिका पोखरा प्रमुख सुवाश आचार्यले बताए।

एटिएम सेवा लिने उपभोक्ताले एससिटी नेर्टवर्कका देशभरका १ हजार भन्दा बढी बुथ र ३ हजार भन्दा बढी पिओएस सर्भिसबाट लाभान्वित हुनेछन्।

अनलाईन बिल भुक्तानीको लागि पनि कम्पनीले सेवा उपलब्ध गराएको छ। जसमार्फत सेवाग्राहीले विद्युत् बिल, टेलिफोन बिल, मोबाइल रिचार्ज, हवाई टिकट, विविध सेवा प्राप्त गर्ने कम्पनीका प्रबन्ध दीपेश मास्केले जानकारी गराए।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ प्रदेश ४ का संयोजक भीम गुरुङ, कोप्स् सेन्टरका अध्यक्ष डिल्लीराम बराल, को-अपरेटिभ म्यानेजर क्लबका संयोजक मिलन ढकाल लगायत बोलेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width