लामाचौर स्वास्थ्य चौकीमा बालबालिकालाई भिटामिन ‘ए’

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७५
lamachaur-19

पोखरा, ६ वैशाख। नेपाल सरकारले २४ वर्षदेखि निरन्तर रूपमा खुवाउँदैआएको भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि बिहीवार देशभर खुवाइएको छ।

बाल मृत्युदर घटाएर बाल स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले जारी कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई निःशुल्क भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइने गरिन्छ । सन् १९९३ देखि शुरु कार्यक्रम सन् २००४ मा आएर देशभरी नै सञ्चालन हुँदैआएको हो ।

यसैक्रममा लामाचौर स्वास्थ्य चौकी वडा १९ ले ५ सय ९ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाएको जनाएको छ । सोही अवसरमा ४ सय ७० जना बालबालिकालाई जुकाको औषधिसमेत खुवाइयो ।

कार्यक्रम उद्घाटन गर्दै निमित्त वडा अध्यक्ष कृष्णप्रसाद गौतमले दुर्इ दिनसम्म चल्ने उक्त कार्यक्रममा सबै बालबालिकालाई क्याप्सुल खुवाउन अनुरोध गरे।

महिला स्वास्थ्य स्वयंसेविकामार्फत् कार्यक्रम अवधिसम्म ९ सय जना भन्दा बढी बालबालिकाले क्याप्सुल र जुकाको औषधि खाने लामाचौर स्वास्थ्य चौकीका प्रमुख दीपेन्द्र सुनारले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width