उत्प्रेरणा सांगीतिक मञ्चमा बाल प्रतिभा 

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७५
music

पोखरा, ६ वैशाख । नयाँ वर्ष अवसरमा उत्प्रेरणा सांगीतिक मञ्चमा सय भन्दा बढी बालबालिकालेे प्रतिभा देखाएका छन् ।

जोजिजू म्युजिक सेन्टर तथा म्यूजिक स्कूलले आयोजना गरेको उक्त कार्यक्रममा करिब सय जना बालबालिकाले विभिन्न प्रस्तुति राखेको सेन्टरका प्रबन्ध निर्देशक एवं गायक विनित जोजिजूले बताए।

विद्यार्थीमा अतिरिक्त क्रियाकलापमा रुची बढाउने उद्देश्यले चित्रकला, गीत संगीत, नृत्य, उत्प्रेरणा जगाउने, उद्घोषण लगायत कृयाकलाप सिकाउने उद्देश्यले तीन हप्ते कोर्ष पूरा गरेसँगै प्रतिभा प्रस्फुटन गरिएको जोजिजूले बताए।

सेन्टरका संरक्षक योगमाया जोजिजूले कार्यक्रमको उद्घाटन गरेकी हुन। अभिभावक गोपालप्रसाद भुषालले छोटो समयमा पनि बालबालिकाले उत्कृष्ट प्रतिभा प्रष्फुटन गर्नुले उनीहरुमा धेरै सम्भावना भएको विश्वास व्यक्त गरे।

लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष लोकगायक पदमराज ढकालले सेन्टरले नयाँ प्रतिभा तथा कलाकार उत्पादन गर्नमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे। उक्त अवसरमा विश्वकै कम उमेरका ड्रमर उत्प्रेम जोजिजूले समेत आफ्नो प्रस्तुति राखेका थिए।

कार्यक्रममा कला प्रदर्शनी समेत भएको थियो भने ५ वषीय बालिका पल थापाले कलात्मक ढंगले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

सानु जोजिजू, गोविन्द थापा, राजु गुरुङ, डेडिज खड्की, वीनित जोजिजू लगायतले प्रशिक्षण गराएका थिए। सो कोर्ष पूरा गरेका बालबालिकालाई संगीतकर्मी श्यामलाल श्रेष्ठ, प्रबन्ध निर्देशक वीनित जोजिजु, स्कूलका व्यवस्थापक सानु जोजिजू लगायतले प्रमाणपत्र वितरण गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width