एमाले-माओवादी एकता तत्काल टर्‍यो

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७५

काठमाडौं, ४ वैशाख । नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते हुने भनिएको पार्टीएकताको घोषणा सम्भावना लगभग टरेको छ ।

दुर्इ पार्टीबीच सहमति हुन बाँकी केही विषयमा सहमति बनी नसकेकोले यसअघि तय भएको समयमा एकताको औपचारिक घोषणा नहुने भएको हो । मिल्न बाँकी विषयमा सहमति जुटाउन मंगलबारको बैठकले पुनः दुर्इ दलका शीर्ष नेताहरुलाई दिएको छ ।मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकले ९ गते हुने भनिएको एकताअघि सहमतिको प्रयास गर्ने भनिएको छ । यद्यपि नेताहरुको व्यस्तताका कारण टुंगो लाग्न सम्भव नभएकोले अको बैठकले एकताको घोषणा मिति तय गरिने जनाएको छ । संयोजन समितिको बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एकता घोषणाका लागि अब समय अभाव हुने बताए । ‘९ गतेका लागि समय नपुग्ने देखियो’ बैठकपछि श्रेष्ठको भनाइ थियो ।र संरचनागतसम्बन्धी प्रतिवेदनको अन्तिम रूप दिने जिम्मा दुर्इ अध्यक्षलाई दिएको छ । ‘प्रतिवेदनलाई आवश्यक परिमार्जनसहित अन्तिम टुंगो लगाउने जिम्मा दुर्इ अध्यक्षलाई दिएका छौ,’ श्रेष्ठले भने, ‘प्रतिवेदनमाथि सुझाव सहित उहाँहरुले एकता संयोजन समितिमा पेश गर्नुहुनेछ ।’ प्रतिवेदन परिमार्जन गर्ने समय भने तोकिएको छैन ।बैठकपछि एमाले महासचिव एवं रक्षा मन्त्री इश्वर पोखरेलले पनि घुमाउरो रूपमा ९ गते एकता नहुने बताए । उनले नेताहरु विद्यार्थी भर्ना अभियानमा सहभागिताका लागि काठमाडौं बाहिर रहने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width