पोखरा, ४ वैशाख। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वर्गीय सूर्यनाथ उपाध्याय बरालले सामाजिक क्षेत्रमा पुर्याउनुभएको योगदानलाई निरन्तरता दिँदै स्मृतिलाई चिरस्थायी बनाउन परिवारजनलाई आग्रह गरेका छन्।
पितृशोकमा रहेका प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालको पोखरा लेखनाथ महानगरपालिका वडा १३, पाटनवेशीस्थित निवास पुगी शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै नेता पौडेलले उक्त आग्रह गरेका हुन्।
त्यस अवसरमा मन्त्री पौडेलले अब प्रशिक्षण कार्यक्रम सञ्चालन गरी नेपाली काँग्रेसलाई जुझारु रुपले अगाडि बढाउने पनि बताए।
नेता पौडेलसँगै पूर्व सांसदद्वय शुक्रराज शर्मा, शारदा पौडेल, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी लगायत बराल निवास पुगी समवेदना व्यक्त गरेका थिए।
समाजसेवी सूर्यनाथ उपाध्याय बरालको ९० वर्षको उमेरमा आइतबार स्वर्गारोहण भएको थियो।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९