Worldlink ads

रोटरी क्लबद्वारा विद्यालय भवन निर्माण

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७५
step by step

पोखरा, ४ वैशाख। रोटरी क्लब अफ पोखरा फिस्टेल र रोटरी क्लब अफ डोनफिल्ड युकेद्वारा निर्माणाधीन रुपा गाउँपालिकास्थित पृथ्वी रुपा माविको भवनको ९५ प्रतिशत काम सम्पन्न भएको छ।

विद्यालय भवन निर्माण गर्न करिब ७० लाख रुपैयाँ खर्च भएको कार्यक्रम संयोजक एवं रोटरी क्लब अफ पोखरा फिस्टेलका पूर्व अध्यक्ष रमाकान्त बरालले जानकारी दिए । सो भवन वैशाख ७ मा हस्तान्तरण गरिने कार्यक्रम छ ।

रोटरी क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष लक्ष्मी गिरी र रोटरी क्लब अफ डोनफिल्ड युकेका सिनियर भाइस पेसिडेन्ट रव ब्यारोनले सो दिन विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गर्ने छन्।

रोटरी ३२९२ का पूर्व गभर्नर तीर्थमान शाक्यको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष भद्रबहादुर क्षेत्री, प्रधानध्यापक महादेव सुवेदी, गाउँपालिकाका अध्यक्ष नवराज ओझा, एवं समुदायका व्यक्ति, शिक्षकको रोहवरमा विद्यालय हस्तान्तरण गरिने फिस्टेल फण्डका कोओर्र्डिनेटर एंव रोटरी क्लब अफ पोखरा फिस्टेलका पूर्व अध्यक्ष विनोद कोइरालाले जानकारी दिए ।

हाल विद्यालयको भवन भुइँचालोले क्षत्रि्रस्त पारेपछि नयाँ भवन निर्माण कार्य शुरु गरिएको संयोजक रमाकान्त बरालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

    • हतारमा विद्यालय नखोल्न निर्देशन

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९…
    • जुवाको खालबाट ८ जना पक्राउ

      रासस भाद्र ३०, २०७८
      चितवन । इलाका प्रहरी कार्यालय खैरहनीले नगद रु एक लाख ४४ हजार १७० सहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ…
    • बाघको आक्रमणमा एकको मृत्यु

      रासस भाद्र २९, २०७८
      बाँके । बाँके राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी एक भारतीय नागरिकको मृत्यु भएको छ । बाँकेको राप्ती सोनारी गाउँँपालिका–१ गाभरगाउँको…
    • मौसम खुले पनि सकिएको छैन मनसुन

      आदर्श समाज सम्वाददाता भाद्र २७, २०७८
      काठमाडौं । मनसुनको अवधि जुनदेखि सेप्टेम्बर पूरा नहुँदै (चार महिना नपुग्दै) मुलुकमा सरदरभन्दा बढी वर्षा भएको छ । अझ उत्तरी…
    • सभामुखले बोलाए भोलि सर्वदलीय बैठक

      रासस भाद्र २७, २०७८
      काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कामकारवाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन सर्वदलीय बैठक बोलाउनुभएको छ । सोमबार अपराह्न २ः३० बजे…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads