पार्टीएकता अन्तिम गृहकार्यमा

Avatar आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७५

काठमाडौं, ३ वैशाख । पार्टीएकीकरणको औपचारिक घोषणाको मिति नजिकिँदै गएपछि नेकपा एमाले र माओवादी केन्द्रबीच सहमति हुन बाँकी विषयमा छलफलका लागि शीर्ष तहका नेता गम्भीररुपमा जुटेका छन् । दुर्इ पार्टीीच औपचारिक एकता घोषणा बैशाख ९ मा हुने तय भइसकको छ ।

विषेशगरी जनयुद्ध र समान सहभागितामा पार्टीसमायोजनबारे गम्भीर मतभेद देखिएपछि दोस्रो तहका नेताहरुले विवाद मिलाउने जिम्मा अध्यक्षद्वयलाई नै दिएको थियो । तर, दुर्इ अध्यक्षबीच केही समययता छलफल हुन नसकेपछि एकता प्रक्रियामा समेत अन्योलता बढिरहेको बेला पुनः दुर्इ अध्यक्षबीच छलफल शुरु भएको छ ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार भेटघाट भएको छ । दुर्इ नेताबीच पार्टीएकता प्रक्रिया अघि बढाउने विषयमा छलफल भएको छ ।  प्रधानमन्त्री ओली छिमेकी भारतबाट फर्केलगत्तै गत चैत २७ मा बस्ने भनिए पनि हालसम्म बैठक बस्न नसकेको थिएन । शीर्ष नेताको भेटमा मंगलबार बिहान पार्टीएकता संयोजन समितिको बैठक डाँक्ने सहमति भएको माओवादी केन्द्रका अध्यक्ष दाहालले जानकारी दिए ।

आइतबारको लागि निर्धारित वार्ता नबसी सिन्धुपाल्चोकको सुकुटे पुगेका दाहाल सोमबार बिहान फर्किएपछि दुर्इ नेताबीच गोग्य वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । वैशाख ९ गते पार्टीऔपचारिक रूपमा एकीकरण गर्ने भनिए पनि केही विषयमा विवाद यथावत छन् । विशेषगरी केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने संख्या, चुनाव चिन्ह र विधानको प्रस्तावनाका विषयमा विवाद कायमै छन् । माओवादीले विधानमा जनयुद्ध शब्द राखेर जानुपर्ने अडानमा छ भने एमालेले त्यसलाई अस्वीकार गर्दै आएको छ । यस्तै, सङठनमा ५०-५० प्रतिशतको हिस्सा हुनुपर्ने माओवादीको मागलाई पनि एमालेले अस्वीकार गरेको छ । चुनावी परिणाम अनुसार सङठनमा प्रतिनिधित्वको पक्षमा एमाले छ । चुनाव चिन्ह पनि दुवै दलले आ-आफ्नै हुनुपर्ने अडान लिइरहेका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा सोमबार राजधानीमा आयोजित शैक्षिक कार्यशालामा अध्यक्ष दाहालले आफू पार्टीएकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने अत्यन्त गम्भीर दायित्वमा रहेकाले ओलीसँग अढाइ घण्टा छलफल गरेको बताए ।

बिहान भएको छलफलमा दिनभरि र मंगलबार बिहानसम्म पार्टीएकताबारे गृहकार्यको जिम्मेवारी लिएको बताउँदै उनले भने, ‘भोलि (मंगलबार) ९ बजे हामी संयोजन समितिको बैठकमार्फत अगाडि बढ्ने भन्ने कुरा भएको छ ।’

प्रतिक्रिया

Comments on पार्टीएकता अन्तिम गृहकार्यमा

अन्य समाचार

उपाध्यायको स्मृति चिरस्थायी बनाउन नेता पौडेलको आग्रह

पोखरा, ४ वैशाख। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वर्गीय सूर्यनाथ उपाध्याय बरालले सामाजिक क्षेत्रमा पुर्‍याउनुभएको योगदानलाई निरन्तरता दिँदै स्मृतिलाई चिरस्थायी बनाउन परिवारजनलाई आग्रह गरेका छन्। पितृशोकमा रहेका प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालको पोखरा लेखनाथ महानगरपालिका वडा १३, पाटनवेशीस्थित निवास पुगी शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै नेता पौडेलले उक्त आग्रह गरेका हुन्। त्यस अवसरमा मन्त्री पौडेलले अब प्रशिक्षण कार्यक्रम सञ्चालन गरी नेपाली काँग्रेसलाई जुझारु रुपले अगाडि बढाउने पनि बताए। नेता पौडेलसँगै पूर्व सांसदद्वय शुक्रराज शर्मा, शारदा पौडेल, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी लगायत बराल निवास पुगी समवेदना व्यक्त गरेका थिए। समाजसेवी सूर्यनाथ उपाध्याय बरालको ९० वर्षको उमेरमा आइतबार…

एमाले माओवादीको कम्युनिजम् हेरौं न : पौडेल

पोखरा, ३ वैशाख। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुर्इ पार्टीमिलेर सिंगो नेपाल कम्युनिष्ट पार्टीबनाउने भन्दै चुनावमा जितेर आएका एमाले र माओवादी केन्द्रलाई कम्युनिजम् कस्तो हुन्छ लागू गरेर देखाउन चुनौती दिएका छन् । नेपाल निजामती कर्मचारी युनियन (संघ) प्रदेश कार्य समिति-४ को आयोजना तथा जिल्ला समिति कास्कीको संयोजनमा पोखरामा सोमबार आयोजना गरेको पदस्थापना तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता पौडेलले अब कस्तो कम्युनिज्म हुन्छ आफू हेर्न आतुर रहेको उल्लेख गरे । 'कम्युनिष्ट लोकतन्त्रको भ‍र्‍याङ चढेर सत्तामा पुग्छ, अनि माथि उक्लेपछि त्यही भ‍र्‍याङ…