पश्चिम पृतना र आयोजक क्वाटरफाइनलमा

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७५
suvakana cup

हेमजा ३, वैशाख। ‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने नाराका साथ हेमजास्थित हेमजा युनाइटेडले आयोजना गरेको शुभकामना कप-२०७५ जारी रहेको छ। सोमबार सम्पन्न २ खेलमा पश्चिम पृतना हेडक्वाटर विजयपुर र आयोजक हेमजा ११ वि विजयी हुँदै क्वाटरफाइनल प्रवेश गरेका छन् ।

पहिलो खेलमा पश्चिम पृतना हेडक्वाटर विजयपुरले ५-० को फराकिलो गोलअन्तरले गार्डेन फुटबल क्लब माटेपानीलाई हराएको छ। जितका सन्तोष गुरुङले २, भूपेन्द्र रायमाझीले २ र राजु आले मगरले १ गोल गरेका छन्।

खेलमा पश्चिम पृतनाका सन्तोष गुरुङ म्यान अफ द म्याच भए। त्यस्तै आयोजक हेमजा ११ वि ले पश्चिमाञ्चल फुटबल टेर्र्निङ सेन्टरलाई ४-१ गोलअन्तरले हरायो । जितका लागि सुमन सुनारले १, आशीष कुँवरले २ र अस्िमत कुँवरले १ गोल गरेका थिए। पश्चिमाञ्चल फुटबल टेर्र्निङ सेन्टरका लागि रोहित नेपालीले सान्त्वना गोल फर्काए। प्रतियोगितामा हेमजा ११ विका अस्िमत कुँवर म्यान अफ दि म्याच भएको क्लब कोषाध्यक्ष इन्द्रबहादुर कुँवरले बताएका छन्।

प्रथम हुने समूहले २ लाख २२ हजार २ सय २२, द्वितीयले १ लाख ११ हजार १ सय ११ साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन्।

मंगलवार स्याङ्जाको वालिङ युनाईटेड तथा संगम फुटबल क्लबबीच पहिलो खेल हुनेछ ।

त्यस्तै दोस्रो खेलमा एलजी एशोसिएसन तथा नव आदर्श सामुदायिक विकास समाज भिड्नेछन् । युनाइटेडका अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको सोमबारको कार्यक्रम क्लबका सदस्य सुनिल गायकले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width