नागरिक सम्मेलनद्वारा सातबुँदे घोषणापत्र जारी

Avatar आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७५

पोखरा, ३ वैशाख। पोखरामा भएको प्रदेशस्तरीय नागरिक सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सोमबार सकिएको छ ।

सम्मेलनले दिगो विकास लक्ष्यको निर्दिष्ट उद्देश्य बमोजिम प्रदेशको समृद्धिका लागि गैरसरकारी महासंघको समन्वयमा अन्य विकासका साझेदार सामाजिक संस्था, सञ्जाल, फेडेरेसन तथा नेर्टवर्कको प्रदेशस्तरीय साझा दिगो विकास मञ्च गठन गर्ने भएको छ ।

यस्तै शिक्षाको पहुँचबाट बाहिर रहेका बालबालिकालाई सरकारले लिएको नयाँ शैक्षिक सत्र २०७५ को विद्यार्थी भर्ना कार्यक्रमलाई सहयोग गर्न नागरिक संगठन तथा गैरसरकारी संस्थालाई आग्रह गर्ने कार्यक्रम तय गरेको छ।

जारी घोषणापत्रमा प्रदेशको आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक विकासमा सरकारसँग मिलेर निर्णायक भूमिका निर्वाह गर्न प्रदेश सरकारका विकासका रणनीति, योजना र प्राथमिकताका क्षेत्रमा साझेदारी गर्न सरकारसँग उपयुक्त वातावरणका लागि आब्हृान गर्ने उल्लेख गरिएको छ। महिला, बालबालिका, अल्पसंख्यक, ज्येष्ठ नागरिक, दलित, जनजाति लगायत सबै वर्ग र समुदायका नागरिकको समान अवसर, सहभागिता र उत्थानमा जोड दिइने घोषणापत्रमा उल्लेख छ ।

यस्तै नागरिक संगठन र गैरसरकारी संस्थालाई नीतिगत रुपमै वातावरण तय गरी उनीहरुलाई विकासका काममा थप सक्रिय भूमिका प्रदान गर्न तिनै तहका सरकारसँग आह्वान गर्ने बताइएको छ।

मुलुककै पर्यटकीय सम्भावना बोकेको क्षेत्र र उच्च प्राकृतिक स्रोत साधनको उपलब्धता भएको प्रदेश ४ लाई थप व्यवस्थित, सभ्य र सुसंस्कृत बनाउन प्रदेश सरकारसँगको समन्वयमा अघि बढ्ने जनाइएको छ ।

 

गैसस प्रदेश ४ मा सिलवाल

सम्मेलनलअन्तर्गत भएको अधिवेशनले वीना सिलवालको अध्यक्षतामा २१ सदस्यीय प्रदेशस्तरीय समिति गठन गरेको छ । कार्यसमिति उपाध्यक्ष गोपाल खड्का, सचिव राजेन्द्र शर्मा, उपसचिव मुक्तिप्रसाद ढुङ्गाना, कोषाध्यक्ष गीता शर्मा, सदस्य शान्ति कँडेल, यमबहादुर मेधासी, तारा थापा र थमनारायण शर्मा छन्। प्रदेशका ११ वटा जिल्लाका गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष पदेनसदस्य रहने व्यवस्था छ। नयाँ कार्यसमितिको पहिलो बैठकले १ सदस्य मनोनीत गर्ने उपाध्यक्ष गोपाल खड्काले बताए।

प्रतिक्रिया

Comments on नागरिक सम्मेलनद्वारा सातबुँदे घोषणापत्र जारी

अन्य समाचार

पश्चिम पृतना र आयोजक क्वाटरफाइनलमा

हेमजा ३, वैशाख। 'युवा एकता र विकासका लागि खेलकुद’ भन्ने नाराका साथ हेमजास्थित हेमजा युनाइटेडले आयोजना गरेको शुभकामना कप-२०७५ जारी रहेको छ। सोमबार सम्पन्न २ खेलमा पश्चिम पृतना हेडक्वाटर विजयपुर र आयोजक हेमजा ११ वि विजयी हुँदै क्वाटरफाइनल प्रवेश गरेका छन् । पहिलो खेलमा पश्चिम पृतना हेडक्वाटर विजयपुरले ५-० को फराकिलो गोलअन्तरले गार्डेन फुटबल क्लब माटेपानीलाई हराएको छ। जितका सन्तोष गुरुङले २, भूपेन्द्र रायमाझीले २ र राजु आले मगरले १ गोल गरेका छन्। खेलमा पश्चिम पृतनाका सन्तोष गुरुङ म्यान अफ द म्याच भए। त्यस्तै आयोजक हेमजा ११ वि ले पश्चिमाञ्चल फुटबल टेर्र्निङ सेन्टरलाई ४-१ गोलअन्तरले हरायो । जितका लागि सुमन सुनारले १,…

महायज्ञमा दानवीरको ओइरो

लेखनाथ, ३ वैशाख। नव वर्ष धार्मिक महोत्सव तथा पितृमोक्ष ज्ञान महायज्ञको पाँचौ दिन माता तीथ औसी परेकाले दानवीरको ओइरो लाग्यो । भक्तजनको घुइँचो व्यवस्थापन, दान रकम संकलनदेखि दानदाताको सम्मानमा साँझसम्मै आयोजक टोली व्यस्त देखिन्थ्यो। आयोजक नेपाल रेडक्रस सोसाईटी शिशुवा उपशाखाका उपाध्यक्ष विश्वराज लामिछानेले अन्य दिनको तुलनामा दान दिनेको संख्यामा उल्लेख्यरुपमा वृद्धि भएकाले पनि आयोजकलाई व्यवस्थापनमा हम्मेहम्मे परेको बताए । बहुउद्देश्यीय सामाजिक भवन निर्माण सहयोगार्थ गरेको महायज्ञमा दानदाताले खुलेर सहयोग गरेका छन्। महायज्ञमा सोमबारमात्र चार लाख ५० हजार संकलन भएको छ । आयोजकका अनुसार…