लेखनाथ, ३ वैशाख। नव वर्ष धार्मिक महोत्सव तथा पितृमोक्ष ज्ञान महायज्ञको पाँचौ दिन माता तीथ औसी परेकाले दानवीरको ओइरो लाग्यो । भक्तजनको घुइँचो व्यवस्थापन, दान रकम संकलनदेखि दानदाताको सम्मानमा साँझसम्मै आयोजक टोली व्यस्त देखिन्थ्यो।
आयोजक नेपाल रेडक्रस सोसाईटी शिशुवा उपशाखाका उपाध्यक्ष विश्वराज लामिछानेले अन्य दिनको तुलनामा दान दिनेको संख्यामा उल्लेख्यरुपमा वृद्धि भएकाले पनि आयोजकलाई व्यवस्थापनमा हम्मेहम्मे परेको बताए । बहुउद्देश्यीय सामाजिक भवन निर्माण सहयोगार्थ गरेको महायज्ञमा दानदाताले खुलेर सहयोग गरेका छन्। महायज्ञमा सोमबारमात्र चार लाख ५० हजार संकलन भएको छ । आयोजकका अनुसार हालसम्म करिब १८ रुपैयाँ संकलन भइसकेको प्रचार प्रसार संयोजक दिपकराम ढेवाजुले जानकारी दिएका छन्।
पाँचौं दिन गुरुकुल विद्याश्रमका सञ्चालक मिलन केसीले ५० हजार, स्वर्गीय रामजी पौडेलकी धर्मपत्नी चन्द्रवती पौडेलले ३३ हजार ३ सय ३३, पोखरा लेखनाथ महानगरपालिका वडा २९, भण्डारढिक निवासी शिवराज भण्डारीले २० हजार १ सय रुपैयाँ दान दिए । पोखरा लेखनाथ महानगरपालिका वडा ३० को पावरहाउसमा जारी महायज्ञ बैशाख ५ सम्म चल्नेछ । महायज्ञमा प्रमुख वाचक भागवत् रसिक युवापण्डित ऋषिराम शास्त्रीले संगीतमय शैलीमा प्रवचन दिँदैआएका छन् ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
hero news full width
मुख्य समाचार
घर फर्किए म्यादी प्रहरी
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९