महायज्ञमा दानवीरको ओइरो

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७५
maja yaga 3

लेखनाथ, ३ वैशाख। नव वर्ष धार्मिक महोत्सव तथा पितृमोक्ष ज्ञान महायज्ञको पाँचौ दिन माता तीथ औसी परेकाले दानवीरको ओइरो लाग्यो । भक्तजनको घुइँचो व्यवस्थापन, दान रकम संकलनदेखि दानदाताको सम्मानमा साँझसम्मै आयोजक टोली व्यस्त देखिन्थ्यो।

आयोजक नेपाल रेडक्रस सोसाईटी शिशुवा उपशाखाका उपाध्यक्ष विश्वराज लामिछानेले अन्य दिनको तुलनामा दान दिनेको संख्यामा उल्लेख्यरुपमा वृद्धि भएकाले पनि आयोजकलाई व्यवस्थापनमा हम्मेहम्मे परेको बताए । बहुउद्देश्यीय सामाजिक भवन निर्माण सहयोगार्थ गरेको महायज्ञमा दानदाताले खुलेर सहयोग गरेका छन्। महायज्ञमा सोमबारमात्र चार लाख ५० हजार संकलन भएको छ । आयोजकका अनुसार हालसम्म करिब  १८ रुपैयाँ संकलन भइसकेको प्रचार प्रसार संयोजक दिपकराम ढेवाजुले जानकारी दिएका छन्।

पाँचौं दिन गुरुकुल विद्याश्रमका सञ्चालक मिलन केसीले ५० हजार, स्वर्गीय रामजी पौडेलकी धर्मपत्नी चन्द्रवती पौडेलले ३३ हजार ३ सय ३३, पोखरा लेखनाथ महानगरपालिका वडा २९, भण्डारढिक निवासी शिवराज भण्डारीले २० हजार १ सय रुपैयाँ दान दिए । पोखरा लेखनाथ महानगरपालिका वडा ३० को पावरहाउसमा जारी महायज्ञ बैशाख ५ सम्म चल्नेछ । महायज्ञमा प्रमुख वाचक भागवत् रसिक युवापण्डित ऋषिराम शास्त्रीले संगीतमय शैलीमा प्रवचन दिँदैआएका छन् ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width