हेमजा, २ वैशाख। ‘धम्पुस लालीगुराँस महोत्सव हाम्रो पहिचान, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्घन हाम्रो अभियान’ भन्ने नाराका साथ माछापुच्छे्र गाउँपालिका-७, धम्पुसमा हुन लागेको गन्तव्य धम्पुस लालीगुराँस महोत्सव-२०७५ को तयारी पूरा भएको छ।
आयोजक लालीगुराँस युवा क्लबले आइतबार महोत्सव स्थलमा पत्रकार सम्मेलन गरी सोबारे जानकारी दिएको हो।
क्लबका अध्यक्ष आशिम गुरुङले महोत्सव बैशाख ४ गतेदेखि ८ गतेसम्म हुन लागेको भन्दै महोत्सवमा मुख्यतया महिला तथा पुरुष भलिबल, खुल्ला लोकदोहोरी गीत प्रतियोगिता, वडा स्तरीय झाँकी प्रतियोगिता, कृषि तथा हस्तकला प्रदर्शनी, लाइभ कर्न्र्सट, छेलो हुने बताए।
उनले पुरुष भलिबलतर्फ १६, महिला भलिबलतर्फ ७, लोकदोहोरी गीततर्फ ८ समूहको सहभागिता रहने जनाउँदै महोत्सवमा खानाका ४, कपडाका ३, कृषि तथा हस्तकलाका ३ गरी कुल १० स्टल रहने पनि जनाएका छन्।
वडा अध्यक्ष तथा क्लबका संस्थापक अध्यक्ष समबहादुर गुरुङले विगतका लालीगुराँस महोत्सवबाट धेरै लोकदोहोरी क्षेत्रका कलाकार जन्मिएको बताउँदै महोत्सवको विशेष प्रस्तुतीको रुपमा धम्पुसका आमाहरुको प्रस्तुति रहने जनाए। उनले महोत्सवलाई आगामी वर्षदेखि पृथक ढङगले सञ्चालन गरिने पनि जनाएका छन। पृथ्वीनारायण माविको खेलमैदानमा हुने उक्त महोत्सवको समुदघाटन प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ र समापन समारोह युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले गर्ने कार्यक्रम रहेको छ।
महोत्सव सम्पन्न गर्न २५ लाख रुपैयाँ खर्च लाग्ने तथा महोत्सवबाट बचेको रकम धम्पुसको पर्यटन प्रवर्द्घनमा खर्च गरिने आयोजकले जनाएको छ।
महोत्सव स्थल पुग्न पोखराको हरिचोकदेखि यातायातको सहज व्यवस्था मिलाइएको क्लबले जनाएको छ। महोत्सव करिब १ लाख दर्शकले अवलोकन गर्ने आयोजकको दावी छ।महोत्सव अवलोकनका लागि २५ रुपैयाँको प्रवेश टिकटको व्यवस्था पनि गरिएको छ।
क्लबका अध्यक्ष आशिम गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम क्लबका सचिव सुरेश सुनारले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
पर्वतीय संग्रहालयले स्थापना दिवस मनायो
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९