महायज्ञमा ११ लाख संकलन

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०७५
30232300_1886364378050140_1564485347_o

लेखनाथ, २ वैशाख। लेखनाथमा जारी नव वर्ष धार्मिक महोत्सव तथा पितृमोक्ष ज्ञानमहायज्ञमा हालसम्म करिब ११ लाख रुपैयाँ संकलन भएको आयोजकले जनाएको छ।

पोखरा लेखनाथ महानगरपालिका वडा ३०, पावरहाउसमा सञ्चालित महायज्ञको चौथो दिनमात्र ३ लाख १२ हजार ४ सय रुपैयाँ संकलन भएको छ । जसअनुसार हालसम्म करिब ११ लाख रुपैयाँ संकलन भएको  प्रचार प्रसार संयोजक दीपकराम ढेवाजुले जानकारी दिए।

चौथो दिन महायज्ञमा बीएमजी बोर्र्डिङ स्कूलले १ लाख ११ हजार १ सय ११, पोखरा लेखनाथ महानगरपालिका वडा ३० का भक्ति अधिकारीले ५१ हजार १ सय ११, सोही वडा निवासी विष्णु तिवारीले ३० हजार ५, वडा २९ निवासी विश्वराज लामिछानेले २६ हजार ८ सय ८८, भोजराज गौतमले २५ हजार १ सय २५ र जनता बहुउद्देश्यीय सहकारी संस्थाबाट २१ हजार १ सय ११ रुपैयाँ सहयोग गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी शिशुवा उपशाखाले बहुउद्देश्यीय सामाजिक भवन निर्माण सहयोगार्थ आयोजना गरेको सो महायज्ञमा यज्ञस्थलभित्र तुलादान, सामूहिक ब्रतबन्ध, ग्रहशान्ति, विश्वशान्ति, सामूहिक चौसारी पूजा र लक्ष्यवर्ती द्वीप प्रज्ज्वन लगायत व्यवस्था मिलाइएको छ ।

यसैबीच, स्थानीय मुवादेवी भण्डारीले चैरासी पूजा र तुलादान गरेकी छन्। भण्डारी परिवारबाट वैदिक विधि अनुसार चैरासी पूजा गरिनुका साथै तुलादान गरिएको हो ।

बैशाख ५ गतेसम्म चल्ने महायज्ञमा भागवत् रसिक युवापण्डित ऋषिराम शास्त्रीले संगीतमय शैलीमा धार्मिक प्रवचन गर्दै आएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width