Worldlink ads

बे्रेज मेश्रो घान्द्रुक तमु समाजद्वारा सम्मान र सहयोग

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०७५
IMG_9503

पोखरा, २ वैशाख।ब्रेज मेश्रो घान्द्रुक तमु समाज पोखराले घान्द्रुक गाउँको विकासमा सहयोग पुर्‍याउनेलाई सम्मान गरेको छ।

यसरी सम्मानित हुनेहरुमा मिस युके फस्ट रनरअप पुनम गुरुङ, सेकेण्ड रनरअफ निलम गुरुङ, घान्द्रुकमा बाटो निर्माण समितिका अध्यक्षहरु भक्तबहादुर गुरुङ, धु्रव घले, सचिव बुद्धि गुरुङ, कोषाध्यक्ष धु्रव गुरुङ, आर्थिक संकलन संयोजक कुलबहादुर गुरुङ, ख्याती प्राप्त राष्ट्रिय बहिरा महासंघ नेपालका उपाध्यक्ष जमानसिंह गुरुङ र श्रवण दृष्टिविहीन संघ नेपालका उपाध्यक्ष आशा गुरुङ रहेका छन्।

समारोहका प्रमुख अतिथि प्रदेश ५ का अर्थ मामिला तथा योजना मन्त्री किरण गुरुङले सम्मानपत्र प्रदान गरेका थिए।

साथै विभिन्न संस्थालाई सहयोग हस्तान्तरण गरेका थिए। त्यस अवसरमा प्रमुख अतिथि गुरुङले ४ नं. प्रदेशलाई समृद्ध बनाउन सरकार कटिबद्ध हरेको बताउँदै यसका लागि सबै एक भएर लाग्नुपर्ने बताए।

उज्यालो प्रदेश बनाउने, स्वच्छ खानेपानी, आधारभूत शिक्षा र पर्यटनसँगै कृषि र उद्योगको विकासका योजनाहरु रहेको उनले जानकारी दिए।

समाजका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुवेदार सुदर्शन तमु घान्द्रुकेले स्वागत मन्तव्य राखेका थिए।कार्यक्रम सञ्चालन हितकाजी गुरुङले गरेका थिए।

मिस युके नेपालका फष्ट रनर अफ पुनम गुरुङले युकेमा च्यारिटी सो गरी संकलन गरेको तीन लाख रुपैयाँ  अन्नपूर्ण गाउँपालिका वष नं. १० र ११ का बहिरा तथा अपाङ्गता भएकालाई सीपमुलक तालिमका लागि सहयोग उपलब्ध गराएकी थिइन्। सो अवसरमा गण्डकी बहिरा संघलाई पनि एक सय थान कुर्ची प्रदान गरिएको छ।

यसैगरी मिस युके नेपालका सेकेण्ड रनर अप निलम गुरुङले बाटो निर्माणका लागि १४ लाख रुपैयाँ र सामुदायिक भवनका लागि एक लाख ६० हजार उपलब्ध गराएकी थिइन्।

Related News

सम्बन्धित समाचार

    • गुडिरहेको बसमा आगलागी

      रासस कार्तिक ७, २०७८
      धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख…
    • मुख्यमन्त्री पोखरेलले लिए पोखराका मेयर जिसीको स्वास्थ्य अवस्थाबारे जानकारी

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका…
    • महिलाले शव बोकेर घाटसम्म पुर्‍याए

      रासस कार्तिक ६, २०७८
      तनहुँ । छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म…
    • किन देखिन्छन् समाजमा यौन विकृति ?

      रामप्रसाद सुवेदी कार्तिक ६, २०७८
      अहिले नेपाली समाजमा घटेका अनेक घटनाले सामाजिक सञ्जाल भरिएको पाइन्छ । त्यसको मात्रा हेर्ने हो भने धेरै यौनजन्य क्रियाकलामा जोडिएका…
    • आत्महत्याविरुद्ध पत्रकारलाई अभिमुखीकरण

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      लमजुङ । लमजुङमा कार्यरत पत्रकारका लागि आत्महत्याविरुद्ध अभिमुखीकरण गरिएको छ । नेपाल पत्रकार महासंघको आयोजनामा कोशिस नेपालको सहयोगमा आयोजित अभिमुखीकरण…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग