Worldlink ads

बराल परिवारद्वारा रतन पाण्डेमा अक्षय कोष स्थापना

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०७५
ratan pandey

पोखरा, २ वैशाख । पोखरा लेखनाथ महानगरपालिका वडा १३ स्थित रतन पाण्डे सामुदयिक विद्यालयमा दुर्गादत्त बराल र ओमकुमारी बरालले १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् ।

विद्यालयको गरीब तथा जेहेन्दार विद्यार्थीका लागि पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक डिल्लीराम बरालले जानकारी दिए ।

वडाध्यक्ष दर्शन लामाको प्रमुख आतिथ्यमा दुर्गादत्त र ओमकुमारीका छोरा नवराज बराल, राजु बराल, बुहारी तारा बराल, सीता बराल, पूर्णकला बराल र सरिता बरालले घरमा आयोजना गरिएको धार्मिक अनुष्ठानमा विद्यालयका प्रअ बराल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तराज बराल, पूर्व अध्यक्ष देवराज पौडेल र शरदचन्द्र बराललाई आमन्त्रण गरी उक्त रकम हस्तान्तरण गरेका हुन्। विद्यालयको भर्ना अभियानबाट प्रभावित भएर विभिन्न विद्यालय छोडी करिब ५० जना नयाँ विद्यार्थी यस विद्यालयमा भएपछि विद्यालयले विविध शैक्षिक सुधारका कार्यक्रम अगाडि सार्दै विद्यालयको भौतिक शैक्षिक स्तरोन्नतिका लागि विभिन्न संघसंस्था र व्यक्तिहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने योजना सार्वजनिक गरेको छ।

Related News

सम्बन्धित समाचार

    • पोखरा न्युरोडमा टेक् स्टुडियो

      आदर्श समाज सम्वाददाता माघ ९, २०७८
      पोखरा । पोखरा न्युरोडमा इलेक्ट्रोनिक्स सामानको खुद्रा स्टोर टेक् स्टुडियो खुलेको छ । विद्युतीय र जीवनशैली उत्पादनमा आधारित फ्रेन्चाइज कम्पनी…
    • रेडक्रस पोखरा ९ को पदस्थापन

      आदर्श समाज सम्वाददाता माघ ९, २०७८
      पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा ९ उपशाखाको पदस्थापन तथा पहिलो बैठक शान्तिदर्शन पार्कमा शनिबार भएको छ । नेपाल रेडक्रस…
    • मिस तामाङ पोखरामा ट्यालेन्ट राउन्ड

      आदर्श समाज सम्वाददाता माघ ९, २०७८
      पोखरा । छैटौं मिस तामाङ पोखरा–२०२२ को ट्यालेन्ट राउन्ड शनिबार भएको छ । बैदाम तामाङ सेवा समाजद्वारा आयोजित प्रतियोगिताको ट्यालेन्ट…
    • पोखरा जेसिजमा तालिम

      आदर्श समाज सम्वाददाता माघ ९, २०७८
      पोखरा । पोखरा जेसिजको वर्ष २०२२ का पदाधिकारीलाई जिम्मेवारीबोध गराउने उद्देश्यले शाखा पदाधिकारी तालिम सञ्चालन गरिएको छ । पोखरा जेसिजका…
    • ट्युव टायर मर्मत व्यवसायी एसोसिएसनमा चन्द्रेश्वर

      आदर्श समाज सम्वाददाता माघ ९, २०७८
      पोखरा । ट्युव टायर मर्मत व्यवसायी एसोसिएसन कास्कीको १५ औं साधारण सभा तथा आठौं अधिवेशनबाट चन्द्रेश्वर बस्ताकोटीको नेतृत्वमा ११ सदस्यीय…

    hero news full width