पोखरा मल्टिमोडलमा विद्यार्थी बिदाइ

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०७५

पोखरा, २ वैशाख । पोखरा मल्टिमोडल क्याम्पसले कक्षा १२ र स्नातक तह अन्तिम वर्षका विद्यार्थीलाई बिदाइ गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पस पोखराका प्रमुख प्राडा चन्द्रबहादुर थापाले राज्यले शिक्षा क्षेत्रमा लगानी नगरेसम्म यस क्षेत्रमा आशातित विकास हुन नसक्ने बताए ।

क्याम्पसका प्रबन्ध निर्देशक राजकुमार गिरीले सञ्चालक समिति पुनर्गठन भएको र अब नयाँ कार्यक्रम लिएर झनै प्रभावकारी अध्ययन प्रक्रिया अवलम्बन गरिने बताए ।

क्याम्पस प्रमुख कृष्णबहादुर केसीले राम्रो शिक्षा मात्र नभई उपयोगी व्यवहारिक शिक्षा आवश्यकबोध गरी क्याम्पसले निरन्तर यसतर्फ विभिन्न कार्यक्रम आयोजना गरेको उल्लेख गरे ।

कार्यक्रमको अध्यक्षता समेत गरेका क्याम्पसका अध्यक्ष लिलाधर बरालले अभिभावक र विद्यार्थीसँग राम्रो सम्बन्ध स्थापित गर्दै क्याम्पसले लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गरेको बताए । प्राध्यापक संघ इकाइ समितिका अध्यक्ष नगेन्द्रबहादुर भण्डारीले लामो अनुभव बटुलेका शिक्षकबाट क्याम्पसमा गुणस्तरीय शिक्षा प्रदान भइरहेको जनाए ।

सो अवसरमा कक्षा १२ विज्ञान संकायका विद्यार्थी नीरज थापा, व्यवस्थापन संकायका सुरज पाण्डे, बीबिएस चौथो वर्षका आरती बञ्जराले बिदा भएर जाँदै गर्दा क्याम्पसका पढाइबारे बोलेका थिए ।

यस्तै, कक्षा ११ का विज्ञान संकायकी नीता प्रधान र व्यवस्थापन संकायकी श्रीया गिरीले अग्रजलाई सफलताको कामना गरेका थिए ।

कार्यक्रममा दिवा को-अर्डिनेटर बाबुराम लामिछानेले स्वागत तथा प्रातः को-अर्डिनेटर भुपाल जैसीले सञ्चालन गरेका थिए ।

क्याम्पसले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने उद्देश्यले नियमित रुपमा प्रशासन, वित्तीय संस्थामा स्थापित व्यक्तित्व आमन्त्रण गरेर अन्तर्क्रियात्मक कार्यक्रम आयोजना गर्दै आएको छ । नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम पनि गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width