शिक्षक संगठन कास्कीमा पौडेल

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०७५
Romharsan Poudel

पोखरा, २ बैशाख । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय नेपाल निर्माणको मार्गचित्र वुद्धिजीवीको आधारमा गर्नुपर्ने हुँदा शिक्षकबाट सुझावको लागि आग्र्रह गरेका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको ३९ औं शिक्षक दिवस तथा १२ औं जिल्ला अधिवेशनमा शुभकामना दिँदै उनले शिक्षकमा धेरै ज्ञान हुने हुँदा शिक्षामा परिवर्तन ल्याउनका लागि आवश्यक सुझाव दिन सुझाएका हुन् ।

प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले बैशाख २ बाट सबै प्रतिष्ठित व्यक्तिले शिक्षाको पहुँचबाट वञ्चित भएका बालबालिकामध्ये १-१ जनालाई विद्यालय भर्ना अभियानमा लाग्न अनुरोध गरिन् ।

प्रमुख अतिथि मुख्यमन्त्री गुरुङदले सुसन रानाभाट शिद्ध वराह माविलाई गरिब तथा जेहेन्दार छात्रवृत्ति ५ हजार प्रदान गरी कार्यक्रम उद्घाटन गरिएको थियो । सो अवसरमा मुख्यमन्त्री र सामाजिक विकास मन्त्री पुनले शिक्षक आवाजको विमोचन गरे ।

कार्यक्रममा कास्कीमा राम्रा नतिजा ल्याइ उत्कृष्ट विद्यालयका रुपमा विन्दवासिनी मावि बाटुलेचौर, भद्रकाली मावि, राष्ट्रिय मावि सिमपानी, गोगन मावि लेखनाथ, अमरसिंह नमूना मावि, जनप्रिय मावि, भारतीभवन मावि, उमा मावि, बालमन्दिर मावि नदीपुर, माछापुच्छ्रे मावि सार्दिखोला, सितलादेवी सामुदायिक मावि, छोरेपाटन मावि, गौरीशंकर मावि सम्मानित भए।

त्यस्तै उत्कृष्ट शिक्षकको रुपमा भुवनेश्वर पौडेल, मनिराज परियार, बालकृष्ण विक, वसन्तराज त्रिपाठी, जयलाल दवाडी, वोधराज पौडेल, लोकराज ढकाल.देवनाथ कमर, कृर्र्तिबहादुर अधिकारी, रामराज धिमाल, कृष्णराज सुवेदी, मीनाकुमारी गुरुङ, सदाखर पौडेललाई सम्मान गरिएको थियो।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष दीपक पौडेल, एमाले जिल्ला सचिव दामोदर बैरागी, जिल्ला शिक्षा अधिकारी नरेन्द्रराज पौडेल, पोखरा लेखनाथ महानगरपालिकाका शिक्षा विभाग प्रमुख केेदार आचार्य लगायतले बोलेका थिए ।

जिल्ला कमिटी अध्यक्ष रामप्रसाद पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विष्णुहरि त्रिपाठी, र स्वागत रोमहर्षण पौडेलले गरेका थिए ।

त्यस्तै नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको अधिवेशनले रोमहर्षण पौडेलको अध्यक्षतामा २२ सदस्यीय समिति चयन गरेको छ।

समितिको उपाध्यक्षमा बसुन्धरा पौडेल, हर्कबहादुर लामिछाने, सचिवमा तीथराज ढकाल, कोषाध्यक्षमा यामनाथ सुवेदी, सहकोषाध्यक्षमा सीता तिवारी चयन भएका छन्।

त्यस्तै सदस्यमा रामबाबु पौडेल, कृष्णराज पौडेल, मीनबहादुर सावत, पर्वत ओझा, सन्तबहादुर भुजेल, महेन्द्र पौडेल, प्रदीप न्यौपाने, नन्दलाल काफ्ले, दामोदर तिमिल्सिना, उदयराज पोख्रेल, सम्झना पोख्रेल, शान्ता पराजुली, विष्णुमाया पोख्रेल, नीतु पौडेल र शकुन्तला आचार्य रहेका छन्।

राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा रामप्रसाद पोख्रेल, जगन्नाथ अधिकाररी, विष्णुप्रसाद पौडेल, सीता खनाल चयन गरिएको छ र लेखा समितिमा उमानाथ गौतम, डिल्लीराम गिरी र किशोर अधिकारी चयन भए ।

Related News

सम्बन्धित समाचार

  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…
  • छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन…
  • भारतद्वारा ३५ एम्बुलेन्स र ६६ स्कुल बस उपहार

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । भारतीय राजदूतावास, काठमाडौंले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई ३५ एम्बुलेन्स र…

hero news full width