धवलागिरी हेमजा सर्म्पर्क समाजको शुभकामना

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०७५
dhawalagiri pokhara

हेमजा, २ वैशाख। धवलागिरी हेमजा सर्म्पर्क समाज कास्कीको आयोजनामा नव वर्ष २०७५ सालको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम उद्घाटन गर्दै प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले शिक्षामा सुधार ल्याउन विद्यालयको भौतिक अवस्था राम्रो हुनुपर्नेमा जोड दिइन। उनले मोटरबाटोलाई मात्रै विकास नसम्झन आग्रह गर्दै विकासका सूचक धेरै भएको औँल्याएकी थिइन्। वडा अध्यक्ष शोभाकर तिम्सिनाले सबै वडावासीलाई वडा कार्यालयले समान हैसियतले हेरेको जानकारी दिँदै नयाँ वर्षले हेमजावासीलाई स्वावलम्बी बन्न प्रेरणा दिओस् भनी शुभकामना दिए । कार्यक्रमबीच एमालेका वडा संयोजक शिवकुमार श्रेष्ठ, नेपाली काँग्रेसका वडा सहसंयोजक दानबहादुर थापा, माओवादी केन्द्रका वडा अध्यक्ष माधव अधिकारी, राष्ट्रिय जनमोर्चाका शंकर बराल, गौरीशंकर बहुमुखी क्याम्पस सञ्चालक समिति सदस्य मधुसुदन त्रिपाठी, विवेकशील साझा पार्टीका चिरन्जीवि अधिकारी, समाजसेवी भीमप्रसाद त्रिपाठी, वडा नागरिक मञ्चकी संयोजक रमा त्रिपाठी लगायतले मन्तव्य राख्दै नयाँ वर्षको शुभकामना बाढेका थिए। समाजका अध्यक्ष तमबहादुर रोका मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम समाजका सचिव प्रेमबहादुर थापाले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width