‘बाँदरमुढे पीडितलाई मल्हमपट्टी’

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७५

चितवन, ३० चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको बाँदरमुढे घटना पीडितको घाउमा मल्हमपट्टी लगाउने काम आफ्नो नैतिक र राजनैतिक जिम्मेवारी भएको बताएका छन्।

बाँदरमुढे सहयोग समितिले शुक्रबार जिल्लाको माडी स्थित वसन्तपुर क्याम्पसमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनले उक्त घटनालाई जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको दोहोर्‍याए।

अहिले वामपन्थीको बलियो सरकार बनेको भन्दै उनले विगतमा पीडितसँग भएका समझदारी अनुसार काम गर्न अब अप्ठ्यारो नभएको बताए। बाँदरमुढे पीडितसँग निर्वाचनका समयमा आफूले गरेको तीनबुँदे सम्झौता अनुसार कार्ययोजना बनाएर काम अगाडि बढेको बताउँदै उनले यस अघिको देउवा सरकारले बाँदरमुढे घटनाका मृतकलाई शहीद घोषणाप्रति कुनै विवाद नरहेको बताए।घटनाका पीडितलाई परिचयपत्र वितरण गरेर सरकारका तर्फबाट राहतका काम अगाडि बढाउने दाहालले आश्वासन दिए।

बाँदरमुढे पीडित संघर्ष समितिका अध्यक्ष मुक्ति न्यौपाने, मैना लामिछाने र विश्वनाथ पौडेलले र्घाईतेको औषधि उपचार निःशुल्क हुनुपर्ने, हालसम्म उपचारमा लागेको खर्च व्यहोर्नु पर्ने, यस अघि भएका सम्झौता कार्यान्वयन हुनुपर्ने, बाँदरमुढेका नाममा उठाइएको राहत रकम स्पष्ट गरिनु पर्ने लगायतका माग राखेका थिए।२०६२ साल जेठ २३ गते तत्कालीन व्रि्रोही नेकपा माओवादीले माडीको बाँदरमुढे खोलामा थापेको विद्युतीय धरापमा परेर सार्वजनिक बसमा सवार ३८ जनाको मृत्यु भएको थियो भने ७२ घाइते भएका थिए। उक्त घटनाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्को विरोध भएको थियो।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width