पोखरामा पर्यटक दौड

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७५
tourist race

पोखरा, ३० चैत । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा जारी १५ औं फेवा नव वर्ष महोत्सवअन्तर्गत शुक्रबार आयोजित पर्यटक दौड प्रतियोगितामा नेदरल्याण्डका विल प्रथम भएका छन् । ८० जना सहभागी प्रतियोगितामा सोही देशका जोर्न भ्यान द्वितीय र बेलायतका टम वुड्स तृतीय भए । महिला तर्फको छुट्टै मुल्यांकनमा वेलायतकी फिलिपा प्रथम, सोही देशकी जेनेला द्वितीय र फ्रान्सकी एमिलि तृतीय भएका छन् । पोखराको हल्लनचोक नजिक सिप प्लाजा होटल अगाडि बाट शुरु भएको दौडका सहभागी तीन किलोमिटर दक्षिणको फिस्टेल गेटसम्म दौडिएका थिए । महोत्सवस्थल कोमागाने पार्कमा आयोजित समारोहमा विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्मा, आयोजक संघका अध्यक्ष विकल तुलाचन, निवर्तमान अध्यक्ष भरतराज पराजुली, महासचिव गणेशराज पहारी, संघका सल्लाहकार गोविन्दराज पहारी र बुद्ध एयर पोखराका स्टेशन म्यानेजर गौतम बराल लगायतले पुरस्कार प्रदान गरेका थिए ।

रन फर फन नाम दिइएको प्रतियोगितामा प्रथम हुनेका लागि पोखरा काठमाडौं उडान टिकट, मायाको चिनो र विजी बी क्याफेमा ककटेल डिनर पुरस्कारस्वरुप प्रदान गरियो ।

यसैगरी दोश्रो हुनेका लागि आधा घण्टाको प्याराग्लाइडिङ, मायाको चिनो र सोही क्याफेमा ककटेल डिनर प्रदान गरियो । तेश्रो हुनेले पोखराबाट काठमाडौंसम्म ग्रिनलाइन टुुर्सबाट डिलक्स बस टिकट, मायाको चिनो र सोही क्याफेमा ककटेल डिनर प्राप्त गरेका छन् ।

बुद्ध एयर, यति एयर, पोखरा प्याराग्लाइडिङ र ग्रिनलाइट र्टुसले पुरस्कार प्रायोजन गरेका थिए । यति ब्रुअरीको अर्ना वियर मुख्य प्रायोजक र नेपाल पर्यटन बोर्ड महोत्सवको प्रवर्द्धक रहेका छन् ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width