पोखरा, २९ चैत । रत्नज्योति मावि कक्षा ७ का शंकर श्रेष्ठले फोहर संकलनका लागि उपयोगी स्वचालित यन्त्र निर्माण गरेका छन्। १३ वषीय श्रेष्ठले एकल प्रयासमा स्थानीय सामाग्री प्रयोग गरी उक्त रोर्बर्ट बनाएका हुन्।
काठका टुक्रा, आल्मुनियम तथा टीनका धातु, जुटको बोरा, गम, रबर पांग्रा, डिसी मोटर, हाइड्रोलिक लगायत साम्राग्री प्रयोग गरी बनाएको उक्त यन्त्र पत्रकार सम्मेलन गरी सार्वजनिक गरियो।
सो यन्त्रको अगाडिको भागले फोहर उठाएर मोटरको सहायताले माथिपट्टी रहेको लिफ्टमा पुर्याउँदछ। रोलरलाई पछाडि तान्दा लिफ्ट घुमेपछि फोहर बाकसमा जम्मा हुन्छ। क्रेनको सहायतमा सो फोहर विभिन्न बाकसमा राख्न सकिन्छ। फोहरको प्रकृति अनुसार फोहर छुट्याउन सकिने रोर्बर्ट निर्माणकर्ता शंकरले बताए। शंकरले यस रोर्बर्ट बाहेक केवलकार, रिमोट गाडी, डोजर बनाइसकेका छन्। यसै वर्ष जिल्ला शिक्षा कार्यालयबाट अन्तरविद्यालयस्तरीय प्रतिभा पहिचानअन्तर्गत विज्ञान विधामा उनी प्रथम भई पुरस्कृत समेत भएका थिए।
गोरखा गण्डक गाउँपालिका ३ घर भई रत्नचोक बस्दै आएका श्रेष्ठले नर्सरीदेखि नै सोही विद्यालयमा अध्ययन गर्दै आएका विद्यालयका संस्थापक निर्देशक हेमन्त अधिकारीले जानकारी दिए।
शंकरले निर्माण गरेको रोर्बर्टका लागि विद्यालयले आर्थिक सहयोग प्रदान गरेको छ। विद्यार्थीका यस्ता प्रतिभालाई विद्यालयले कदर गर्दै सहयोग गर्ने उनले बताए।
यसअघि सोही विद्यालयमा अध्ययन गरेका तल्लज बराल, तालांक बराल, सनिक केसी, शिशिर कुँवर लगायतले विभिन्न प्रकारका रोर्बर्ट निर्माण गरिसकेका छन्। यन्त्र प्रदर्शन कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र बराल, वडा सदस्य दीनबन्धु पौडेल, पत्रकार नारायण कार्की, शंकरकी आमा रोमिका लगायत बोलेका थिए।
Related News
सम्बन्धित समाचार
चिल्ड्रेन नेपालको उद्घोषणकला तालिम
इमानदारितापूर्वक काम गर्न पौडेलको आग्रह
धनराज पोखराको १६ औं मेयर
आर्वाविजय माविको सुविधायुक्त भवन
चुनावको जात्रा, मकैको व्यापार
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
जेठ ११, २०७९‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
जेठ ११, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९