अमरसिंह कृषि सहकारीको शुभकामना आदानप्रदान

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७५
amarsing krisi sahakari

पोखरा, ३० चैत। पोखरा लेखनाथ महानगरपालिका वडा १२ उपकारमार्गस्थित अमरसिंह कृषि सहकारी संस्था लिमिटेडले शुक्रबार नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।

संस्थाका पदाधिकारी, सदस्य, सेयर सदस्य, कर्मचारी र शुभेच्छुकको सहभागिता रहेको कार्यक्रममा संस्थाका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले क्यालेण्डर लोकार्पण गरेका थिए।कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष शिव बराल, कुँडहरचोक टोल विकास संस्थाका अध्यक्ष तेजबहादुर गुरुङ, सदस्य चन्द्रा पराजुली, महिला सेयर सदस्य गोमा क्षेत्रीले बोलेका थिए।

सहकारी अध्यक्ष गोविन्दप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजेन्द्रराज बस्ताकोटीले स्वागत र सचिव खुवबहादुर बरालले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width