सामुदायिक माटेपानीको शुभकामना आदानप्रदान

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७५
samudaiek_n

पोखरा, २९ चैत । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा माटेपानीले नयाँ वर्ष-२०७५ को शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

कार्यक्रममा आमा समूह, टोल विकास संस्था, क्लबका प्रतिनिधि तथा संस्थाका सदस्यको सहभागिता थियो ।

त्यस अवसरमा संस्थाद्वारा प्रकाशित क्यालेण्डर जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले लोकार्पण गरेका थिए ।

कार्यक्रममा प्रहरी उपरीक्षक सिंहले प्रहरी एक्लैले शान्तिसुरक्षा कायम गर्न तथा विकृति विसंगति अन्त्य गर्न नसक्ने भएकाले नागरिकसँग हातेमालो गर्दै अघि बढ्ने बताए ।कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिका अध्यक्ष विष्णुबहादुर भट्टराई, पोखरा लेखनाथ महानगरपालिका वडा १२ का वडाध्यक्ष रामबहादुर कार्की, वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक दीपकबहादुर केसी, सल्लाहाकार माधव बास्तोला ‘मधु’ ले बोलेका थिए ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा माटेपानीका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष धर्मराज आचार्यले स्वागत र सचिव मिरादेवी आचार्यले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width