नव वर्ष धार्मिक महोत्सव शुरु

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७४
mahayaga

लेखनाथ २८ चैत। नेपाल रेडक्रस सोसाइटी शिशुवा उपशाखा (महानगर वडा २९ र ३०) को आयोजनामा बहुउद्देश्यीय सामाजिक भवन निर्माण सहयोगार्थ बुधबारदेखि नव वर्ष धार्मिक महोत्सव तथा पितृमोक्ष ज्ञान महायज्ञ शुरु भएको छ।

पृथ्वीराजमार्गअन्तर्गत पावर हाउसमा बैशाख ५ सम्म हुने महायज्ञ उद्घाटन गर्दै प्रदेश ४ का सांसद दीपक कोइरालाले धार्मिर्क गतिविधि माध्यमबाट विकास निर्माणको अभियानमा लाग्नु उदाहरणीय कार्य भएको बताए । उनले रेडक्रसजस्तो पवित्र संस्थाले आयोजना गरेको महायज्ञलाई सफल पार्नु हामी सबैको कर्त्तब्य भएको उल्लेख गर्दै सामाजिक क्षेत्रमा गरिने जुनसुकै काम विकासका सूचक भएको बताए ।

पोखरा लेखनाथ महानगरपालिका वडा ३० का वडा अध्यक्ष श्रीराम पोख्रेलले जहाँका जनता जागरुक हुन्छन्, त्यो क्षेत्रको विकासमा सरकारको पनि ध्यान जाने बताए ।

महायज्ञका प्रमुख वाचक भागवत् रसिक युवा गुरु ऋषिराम पौडेलले जहार्ँ इच्छा, त्यहाँ उपाय भनेजस्तै मन, वचन र कर्मले गरिने काममा भावनात्वक रुपमा सबैको साथ र सहयोग मिल्ने भएकाले कर्म गर्न छोड्न नहुने बताए।

महायज्ञ मूल आयोजक समितिका संयोजक विश्वमोहन पौडेलको अध्यक्षता भएको सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापति दण्डराज पौडेल, उपशाखाका पूर्व सभापति डिल्लीराम पौडेल, लेखनाथ उद्योग वाणिज्य संघतर्फबाट सूर्यमणि लामिछाने र सम्पूर्ण महिलातर्फबाट पार्वती आचार्य लगायतले धारणा राखेका थिए।

उपशाखाका सचिव दीपकराम ढेवाजुले सञ्चालन गरेको सो कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष विश्वराज लामिछानेले गरेका थिए।

‘धार्मिक तथा आध्यामिक चिन्तन, राष्ट्रशान्ति र समाज विकास’ भन्ने मूलनाराका साथ शुरु महायज्ञमा करिब ६० लाख संकलन गरी १० लाख खर्च भई करिब ५० लाख रुपैयाँ बचत हुने आयोजकको अपेक्षा छ ।

महायज्ञमा सामूहिक तुलादान, सामूहिक ब्रतबन्ध, ग्रहशान्ति, विश्वशान्ति, सामूहिक चौसारी पूजा र लाख लक्ष्यवर्ती द्वीप प्रज्वलन, सामूहिक कालर्सप योगशान्ति, पितृमोक्ष १ हजार ८ शाल्रि्राम परिक्रमा समेत गर्न पाइने छ।

महायज्ञ शुरु पूर्व भएको कलशशात्रा गनगौंडा हुँदै सेती नदीबाट शुद्ध जल बोकेर सैनिक वस्ती, खुँदीहुँदै पुनः यज्ञस्थल आएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width