लेखनाथ, २८ चैत। लेखनाथस्थित होटल तथा रेष्टुरेष्ट एशोसिएसनले लेखनाथ क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बिहीबारदेखि चौथो फिस फेस्टिभल शुरु गर्दैछ । वेगनासतालमा वैशाख १ सम्म चल्ने फेस्टिभलमा २५ वटा स्टल रहनेछन्।
फेस्टिभलमा करिब ७० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने तथा ४० लाख रुपैयाँको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ ।
फेस्टिभलमा माछा तथा स्थानीय कृषि उत्पादनबाट बनेका विभिन्न परिकार, मोटरबोटमा ताल सयर तथा बराह मन्दिर दर्शन, माछा रोग शिविर, माछा तथा मह प्रदर्शनी, हेलिकप्टरबाट सात ताल तथा आसपासका पर्यटकीय स्थल अवलोकन, जडिबुटी प्रदर्शन तथा बिक्री, पप कर्न्र्सट, हास्य व्यङ्ग्य तथा दोहोरी, भेषभूषा तथा झाँकी प्रदर्शनी, दौड प्रतियोगिता, पौडी प्रतियोगिता, माछा मार्ने प्रतियोगिता लगायत आकर्षण रहेको एशोसिएसन अध्यक्ष कृष्णप्रसाद तिवारीले जानकारी दिए।
यसैबीच, फेस्टिभलमा आवश्यक सुरक्षा व्यवस्थापनका लागि सरोकारवालाले छलफल गरेका छन् । नयाँ वर्ष पनि भएकोले दर्शक बढ्ने हुँदा समूह बनाएर प्रहरी खटाइने योजना छ ।
कार्यक्रममा फेस्टिभल निर्देशक दुर्गा अधिकारी, निवर्तमान अध्यक्ष दामोदर थापा, हंशपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक कृष्णबहादुर रानाभाट, बेगनासताल युवा क्लबका अध्यक्ष रामबहादुर रानाभाट लगायत बोलेको लेखनाथ सामुदायिक सेवा केन्द्रका अध्यक्ष ज्ञानेन्द्र बजगाईले बताए ।
Related News
सम्बन्धित समाचार
सुरजले ल्याए ‘साइकल’
कल्याण शेरचन स्मृतिमा लोकदोहोरी प्रतियोगिता हुने
समता काव्य सन्ध्यामा छन्द कविता वाचन
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
hero news full width
मुख्य समाचार
पूर्वपदाधिकारीलाई सुविधा दिन लागिएपछि पाँचदलीय गठबन्धनबाटै विरोध
गण्डकीको बजेट सिद्धान्त ‘मनचिन्ते झोलीजस्तो’
जेठ १४, २०७९पोखरालाई पर्यटकीय राजधानी घोषणामा जोड
जेठ १३, २०७९पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश सर्वोच्चले उल्ट्यायो
जेठ १२, २०७९यस्ताे छ गण्डकी प्रदेशकाे आगामी आवकाे बजेटकाे सिद्धान्त र प्राथमिकता
जेठ १२, २०७९काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
जेठ १२, २०७९