पोखरा, २८ चैत । विश्वप्रसिद्ध मोबाईल फोन उत्पादक कम्पनी नोकियाले नयाँ मोडल नोकिया वान पोखरामा बिक्री शुरू गरेको छ।
गुगलको पछिल्लो एन्ड्रोर्इड भर्सन ओरियो ८.१ सफ्टवेयरमा आधारित उक्त मोवाईल फोनको बिक्री शुरु भएको पोखराका लागि आधिकारिक वितरक न्यू एसपी इन्टरप्राईजेजका सञ्चालक शिवराज पहारीले बताए।
सो फोनमा २ हजार १ सय ५० मिलि एम्पियर ब्याट्री, १ जिबी र्याम, ८ जिवी मेमोरी हुनुका साथै १ सय २८ जिबीसम्म बढाउन मिल्ने सुविधा रहेको छ ।
४ दशमलब ५ इञ्च स्क्रिन साईज रहेको फोनमा पछाडि फ्लास सहितको ५ मेघापिक्सल र अगाडि २ मेघा पिक्सेल सेल्फी क्यामरा रहेको कम्पनिले जनाएको छ।
फोरजीमा द्रूतगतिकोर्र् इन्टरनेट चल्ने दुर्इ वटा सिमकार्ड लाग्ने यो मोडेलमा गाढा नीलो र रातो गरी दुर्इवटा रंगमा मोवाइल उपलब्ध रहेको छ। सबैका लागि स्मार्टफोन र मेरो पहिलो स्मार्टफोन भन्ने अवधारणाका साथ नोकियाले यो फोनको विकास गरेको कम्पनिले जनाएको छ।
मोबाइलको बजार मूल्य ९ हजार ३ सय २५ रुपैयाँमात्र रहेको छ। गत महिना स्पेनको बार्सिलोनामा घोषणा गरेको नयाँ मोडल नोकिया ६ (२०१८) प्लस र नोकिया ८८१० फोन आगामी हप्ता बजारमा आउने कम्पनीले जनाएको छ।
Related News
सम्बन्धित समाचार
सुजल फुड्सको ‘चोकोफन जोय’ बजारमा
लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक
निर्माण व्यवसायी संघ कास्कीमा लिलकाजी
आलु महोत्सवमा पशुबाली स्वास्थ्य शिविर
आलु महोत्सवमा दर्शक सहभागिता बढ्दो
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१