कोकाकोलाको ‘खेल्ने होइन त’ अभियान

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७४
coca cola

पोखरा, २८ चैत । कोकाकोला नेपालले विश्वकप फुटबलको अवसर पारेर नयाँ अभियान शुरु गरेको छ। कम्पनीले यस अभियानको नामाकरण ‘खेल्ने होइन त ?’ राखेको छ।

उक्त कार्यक्रमअन्तगत बुधबार पोखराको हल्लनचोक, रामबजार, पामे, बगर र तालचोकमा खेल्ने होइन त ? भन्ने कार्यक्रम भव्यरुपमा सम्पन्न भयो ।

उक्त कार्यक्रममा विभिन्न ठाउँबाट आएका युवाहरुको बाक्लो उपस्थिति रहेको थियो। उनीहरुले यस कार्यक्रममा सहभागि भएर निकै रमाइलो गरेको अनुभव सुनाए । साथै, विजेता टिमले विभिन्न आर्कषक कोकाकोलाको लागोअंकित उपहार जितेका छन् । अभियानको उद्देश्य मानिसलाई फुटबल खेल्न आह्रवान गर्ने र ‘कोक खाम् रसिया जाम्’ भन्ने क्याम्पेनबारे जानकारी दिनु रहेको जनाइएको छ ।

कोकाकोलाले यसअघि सार्वजनिक गरेको ‘कोक खाम् रसिया जाम्’ क्याम्पेन अन्तगतकै एउटा हिस्साको रुपमा कम्पनीले यो अभियान सञ्चालन गरेको हो ।

कोकाकोलाले यस अभियानलाई सबै ठाउँमा पुर्‍याउने उद्देश्यले विशेषभ्यान सहायताले हरेक चोक चोकमा पुगेर युवालाई खोलाउँदै आएको छ। काठमाडौं’, भक्तपुर र ललितपुरमा मात्र सिमित नभई, यो अभियान नेपाल भरिको ३० वटा शाहरमा जाँदै छ।

खेल सम्पन्न भएपछि विजेताले कोक लोगोअंकित उपहार पाउने छन्।

कोकाकोलाले रसियामा हुने विश्वकप हेर्न ४० जनालाई लाने घोषणा गरेको छ भने करिब १२ हजार ६ सय जनाले पूरै क्याम्पेनमा विजेता बन्ने मौका पाउने छन्। जसमा फिफा लोगो अंकित विशेष उपहार दैनिक २ हजार जनाले पाउनेछन्। यो अभियान देशका ३० शहर तथा २० भन्दा बढी ग्रामीण भेगमा पुग्ने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width