Worldlink ads

मालपोत कार्यालयका बिचौलिया पक्राउ

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०७४

पोखरा, २६ चैत । जिल्ला मालपोत कार्यालय कास्कीका बिलौलिया पक्राउ परेका छन् ।

सेवाग्राहीलाई भ्रममा पारी मोलमलैया गरी दलाली र बिलौलियाले दुःख हैरानी दिएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा २१, कृस्तीका २८ वर्षे शिव गुरुङ, पोखरा १ बगरका का ४५ वर्षे देवेन्द्र तझ्या, स्याङ्जा पुतलीबजार घर भै हाल पोखरा १७ बस्ने ४४ वर्षीया सहदेव सुवेदी, पोखरा ३१ बेगनासतालका २४ वर्षे मनोज तिवारी, तनहुँ भानु घर भै हाल पोखरा ५ बस्ने वर्ष २६ का विश्रतु ढकाल र पोखरा ६ बैदाम बस्ने वर्ष २२ की विष्णु कँडेल छन् ।

उनीहरुलाई सेवाग्राहीलाई भ्रममा पारी दुख हैरानी दिइरहेको अवस्थामा नगद र कामकाज गर्दै गरेका कागजपत्र सहित फेला पारेको प्रहरीले जनाएको छ । म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads