वान महासचिवमा दुर्गा विजयी

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०७४
durga

पोखरा, २६ चैत । नेपालका निजी रेडियोहरुको संस्था ब्रोडकाष्टिङ एशोसिएसन अफ नेपाल (बान) को महासचिवमा पहिलो पटक महिला विजयी भएकी छन् ।

बानको काठमाडौंमा सम्पन्न छैठौं साधारणसभाले दुर्गा अधिकारीलाई महासचिवमा विजयी गराएको हो । रेडियो सफलताकी प्रबन्ध निर्देशक अधिकारी डेढ दशकदेखि पत्रकारितामा क्रियाशील छन् । बानको अध्यक्षमा भने चन्द्र न्यौपाने निर्वाचित भएका छन् । काठमाडौंमा भएको अधिवेशनले सप्तकोशी एफएम इटहरीका प्रबन्ध निर्देशक न्यौपानेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

उपाध्यक्षमा कुमार भट्टराई, उप-महासचिवमा गोविन्द कुशियारी, सचिवमा राजकुमार थापा र कोषाध्यक्षमा नवीन राई लगायत सदस्य सर्वसम्मत चयन भए।

प्रदेश १ को संयोजकमा सन्देशदास श्रेष्ठ र उप-संयोजकमा गिरीराज भट्टराई, प्रदेश २ को संयोजकमा आरसी यादव ३ को संयोजक विपीन ढुंगाना, प्रदेश ४ को संयोजक किरण लोहनी, प्रदेश ५ को संयोजक माधव नेपाल सर्वसम्मत चयन भएका हुन् । प्रदेश नम्बर ७ को संयोजकमा भने ज्ञानेन्द्र महतारा विजयी भए।

सबै पदमा सर्वसम्मत भए पनि प्रदेश नम्बर ७ को संयोजकका लागि चुनाव भएको थियो । प्रदेश नम्बर ६ मा भने सदस्य रेडियो नभएकाले कमिटि चयन भएन ।

यस्तै बानको केन्द्रीय कमिटीमा ४ जना महिला विजयी भए। २३ सदस्यीय केन्द्रीय कमिटीमा रेडियो जननीकी हिरा भट्टराई, चितवनकी मुना गुरुङ, धरानकी हिमाल राई केन्द्रीय सदस्य पदमा र उदयपुरकी रेणु पराजुली र रुपन्देहीकी उषाकिरण पन्थ आमन्त्रित केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width