Worldlink ads

मानव मिलन नारी जागरणद्वारा आश्रमलाई सहयोग

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०७४
20180409_163154


पोखरा, २६ चैत । मानव मिलन संस्थाका संस्थापक नेपालकेशरी डा मणिभद्र मुनिजी महाराजको ५२ औ शुभजन्मोत्सव अवसरमा मानव सेवा आश्रममा भाँडा वर्तन सहयोग गरिएको छ ।

मानव मिलन नारी जागरण नेपालका पदाधिकारी तथा सदस्यले आफ्नो खर्च कटाएर स्वतःस्फूत रुपमा आश्रमका लागि सो सहयोग गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि आदर्श समाज दैनिकका व्यवस्थापक दुर्गादेवी बास्तोलाले १ थान राइस कुकर, १ थान प्रेसर कुकर, ४० थान थाल, ४० थान गिलास, ४० थान चम्चा र ४० थान कचौरा आश्रमलाई हस्तान्तरण गरेकी थिइन् ।

सो क्रममा बास्तोलाले आश्रममा गरेको सेवा वास्तविक सेवा हो भन्दै सहयोगको प्रशंसा गरिन् ।

आश्रमका अभियन्ता संजिता गौतमले आश्रमबारे जानकारी दिँदै सो आश्रम नवौं आश्रम भएको बताइन् ।

मानव मिलन संस्थाको तर्फबाट सहयोग गर्नेमा सविता बराल, कमला गिरी, मेनुका पोख्रेल, देवीकुमारी बराल, सुनिता जिसी, राधा बराल, पूजा बस्नेत, शोभा महत, रुक्मिणी खड्का, कामना लम्साल, सावित्री शर्मा, प्रभा गौतम, तारा अधिकारी, गीता पोख्रेल, सुमित्रा कुँवर, माया खाँण, शान्ति सुवेदी, गौमती बिक, अनिता कार्की, लक्ष्मी पौडेल, विष्णु गैरे, रमा ढकाल, पार्वती गौतम, दुर्गा कार्की भण्डारी, दुर्गादेवी बास्तोला, पार्वती पौडेल लगायत थिए ।

सो अवसरमा संस्थाका निवर्तमान अध्यक्ष पार्वती पौडेल, संस्थापक अध्यक्ष सावित्री शर्मा, आजीवन सदस्य प्रभा बरालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष सविता बरालको अध्यक्षतामा भएको हो । कार्यक्रममा उपाध्यक्ष कमला गिरीले स्वागत र सहसचिव सुनिता गिरीले सञ्चालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

    • अशक्तलाई घरमै नागरिकता

      रासस असाेज ३, २०७८
      सप्तरी । शारीरिकरुपमा अशक्त एक महिला र उहाँका श्रीमान्लाई जिल्ला प्रशासन कार्यालय सप्तरीले आज घरमै गएर नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि…
    • दुःख र छाप्रामै थलिए राउटे

      रासस असाेज ३, २०७८
      कर्णाली । चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…
    • राष्ट्रपतिद्वारा ९०३ जनालाई विभूषण प्रदान

      आदर्श समाज सम्वाददाता असाेज ३, २०७८
      काठमाडाैं । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गर्नुभएको छ । नेपालको…
    • दशैं तिहारका लागि अग्रिम टिकट खुलाइने

      रासस असाेज १, २०७८
      काठमाडौं । सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्ष गरी यही १०/११ गतेदेखि अग्रिम टिकट खुलाउने भएको…
    • हतारमा विद्यालय नखोल्न निर्देशन

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads