छ करोड लागतमा सामुदायिक चिकित्सालय

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७४

नवलपुर, २४ चैत । छ करोड रुपैयाँ लगानीमा बनेको सामुदायिक प्राकृतिक चिकित्सालय रजहरको बिरामी आवास भवन उद्घाटन गरिएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले संस्थाको साधारणसभाको अवसर पारेर सो भवन उद्घाटन गरेका हुन् । उनले प्राकृतिक चिकित्सालय नवलपुरकै मात्र नभई प्रदेशकै गौरवको विषय भएको बताए। उनले रजहरको प्राकृतिक चिकित्सालय यहाँमात्र नभई प्रदेशका विभिन्न जिल्लामा यसको शाखा विस्तारका लागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

मुख्यमन्त्री गुरुङनले जनताले राज्यबाट प्राप्त गर्नुपर्ने सम्पूर्ण सुविधा सबै जनतासमक्ष समानरुपले पुर्‍याउने भन्दै अबको २ वर्षभित्र प्रदेश ४ का सबै जनताको घरमा बिजुली सुविधा र खानेपानी आपूर्र्ति गर्ने बताए।

कार्यक्रममा अन्य वक्ताले प्राकृतिक चिकित्सालयको संरक्षण र स्तरोन्नतिका लागि जोड दिएका थिए । भवन निर्माणमा सरकारले ५ करोड ६१ लाख सहयोग गरेको छ भने बाँकी रकम चिकित्सालय आफैले जुटाएको हो । भवनमा ७२ वटा कोठा छन् । चिकित्सालयमा हाल ८० जना बिरामीले आवासीय सुविधासहित उपचार गराउँदै आएका छन् । भवन निर्माणसँगै आवासीय क्षमता १ सय ५० पुगेको चिकित्सालयका सचिव प्रदीपराज घिमिरेले जानकारी दिए ।

आवासीय भवन १ सय ५० जनाको पुगे पनि उपचार भवन ८० जनाको मात्रै हुँदा समस्या हुने देखिएको घिमिरेले बताए । पछिल्ला वर्षमा बिरामीको चाप निकै बढ्दै गएको व्यवस्थापक सापकोटाले जानकारी दिए ।

चिकित्सालयले यसै वर्ष आधुनिक उपचार उपकरण समेत भित्राएको छ । कोलन हाइड्रोथेरापी, सर्कुलर जेट बाथ लगायत अन्य उपचार उपकरण थपिएको प्रबन्ध निर्देशक डा विनोद पौडेलले बताए ।

आगामी वर्ष थप १ सय ५० बेड क्षमता थप गर्ने गरी काम अघि बढाइएको जानकारी डा पौडेलले दिए । चिकित्सालयका व्यवस्थापन समिति अध्यक्ष सन्तबहादुर क्षेत्रीको अध्यक्षतामा आयोजित कार्य प्रदेशका सांसद, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width