पोखरा, २४ चैत। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान विकास समिति कर्मचारी युनियनको अध्यक्षमा डा ढाकाकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्।
युनियनको अध्यक्ष बन्नका लागि ४ जनाले इच्छा देखाएकोमा अन्यले पनि डा श्रेष्ठलाई समर्थन गरेपछि सर्वसम्मतको बाटो खुलेको निर्वाचन समितिका संयोजक डा सुनिल पनेरुले जानकारी दिए।
चैत १२ को भेलामा डा यज्ञराज सिग्देल, शंकर भण्डारी र शिवप्रसाद बास्तोलाले पनि अध्यक्षका लागि इच्छा जनाएका थिए।
समितिको प्रथम उपाध्यक्षमा पशुपति महतो, द्वितीय उपाध्यक्षमा डा तारा गुरुङ, तृतीय उपाध्यक्षमा देवी थापा, सचिवमा रमेश घिमिरे, सहसचिवमा डाकृष्ण बराल र कोषाध्यक्षमा शान्ति खड्का छन्।
त्यस्तै, सदस्यमा डा गोविन्दराज पाण्डे, समीक्षा आचार्य, बुद्वि तामाङ, डा मिलन सिग्देल, विज्ञान सिग्देल र मधु बराल छन्।
अध्यक्षमा निर्वाचित डा ढाकाकुमार श्रेष्ठले अस्पताल विकास समितिअन्तर्गत रहेका करार र अस्थायीलाई स्थायी गर्न तथा लामो समयदेखि स्थायी भएकालाई नियमानुसार पदोन्नतिका लागि पहल गर्ने प्रतिबद्वता व्यक्त गरे।
उनले कर्मचारीमाथिका ज्यादति अन्त्य गर्दै अस्पतालको चौतर्फी विकासमा सहयोग गर्ने उल्लेख गरे।
Related News
सम्बन्धित समाचार
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९