Worldlink ads

वाईसियल कास्कीमा पौडेल

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७४

पोखरा, २४ चैत । योङ कम्युनिष्ट लिग (वाईसियल) कास्की अध्यक्षमा भोजराज पौडेल चयन भएका छन । जिल्ला सम्मेलनपछि शनिबार बसेको पहिलो बैठकले पौडेलको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमिति वरिष्ठ उपाध्यक्षमा एंगेल्स कार्की, उपाध्यक्षमा विमला खड्का र सन्देश पुन, सचिव अनिल परियार, सहसचिव निर्मल बास्तोला, रुद्र विश्वकर्मा र सन्तोष अधिकारी तथा कोषाध्यक्षमा ड्रागन बुढामगर छन् । बैठकले रामबहादुर थापामगरलाई जिल्ला इञ्चार्ज र सन्तोष सोनामलाई सहईन्चार्ज तोकेको छ ।

त्यसैगरी, अनुशासन विभाग प्रमुखमा श्रीकान्त अधिकारी, लेखा आयोग विभाग प्रमुख लक्ष्मण अधिकारी, खेलकुद विभाग प्रमुख फरान खान, स्वयमसेवक प्रमुख भरत भट्टराई, शिक्षा विभाग प्रमुख जयन्ती लामिछाने र महिला विभाग प्रमुख कमला ढकाल छन् ।

माओवादी केन्द्र कास्कीका इञ्चार्ज राजकाजी गुरुङले नेकपा एमाले र माओवादी केन्द्रबीच छिट्टै पार्टीएकता हुने भएकोले युवाले आफ्नो भूमिका आगामी दिनमा अझ बढी प्रभावकारी बनाउनुपर्ने बताए ।

बैठकमा पार्टीजिल्ला सहसंयोजक गंगा पोखरेल, सहसंयोजक कृष्ण गिरी विज्ञान, वाईसियल प्रदेश ४ का सहइञ्चार्ज राजकुमार दुलाल, संयोजक चन्द्रकुमार थापामगर, केन्दीय सदस्य सुभाष पौडेल लगायतले भनाइ राखेका थिए ।

Related News

सम्बन्धित समाचार

    • महिलाहरुको लागि चप्पल बनाउने तालिम

      आदर्श समाज सम्वाददाता मंसिर १८, २०७८
      पोखरा । राष्ट्रिय नागरिक पार्टी कास्कीले महिलालाई व्यावसायिक सीप प्रदान गरी आत्मनिर्भर तथा स्वाबलम्बी बनाउन तालिम दिएको छ । पार्टीले…
    • पोखरा घुम्ने बहाना

      विजय नेपाल मंसिर १८, २०७८
      पोखरा । नेपालको प्रमुख पर्यटकीय पोखरा घुम्न यतिबेला बहाना छ । कोही लोक सेवा दिन आएका छन् त कांग्रेसको प्रदेशस्तरको…
    • एसियन फोरमको अन्तक्र्रिया

      आदर्श समाज सम्वाददाता मंसिर १७, २०७८
      पोखरा । वैदेशिक रोजगारीका कमीकमजोरी न्युनीकरणका लागि राज्यलाई नीतिगत पैरवी गर्दै आएको गैरसरकारी संस्था एशिया मानव अधिकार तथा सांस्कृतिक विकास…
    • रोस्टर प्रशिक्षक प्रशिक्षण

      आदर्श समाज सम्वाददाता मंसिर १७, २०७८
      पोखरा । शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशले रोस्टर प्रशिक्षकका लागि प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरेको छ । तालिम केन्द्र दमौलीको…
    • लागु औषधसहित २ पक्राउ

      आदर्श समाज सम्वाददाता मंसिर १७, २०७८
      पोखरा । लागु औषध कारोबारमा संलग्न रहेको अभियोगमा कास्की प्रहरीले २ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग