अरण्यज्योति पुस्तकालय अध्यक्षमा भण्डारी

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७४
pustakalaya

पोखरा, २४ चैत। पोखरा लेखनाथ महानगरपालिका वडा १३ स्थित अरण्यज्योति पुस्तकालयको शनिबार सम्पन्न २५ औ वाषिर्क साधारणसभाले पुनः राजेन्द्र भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

समितिको उपाध्यक्षमा गमबहादुर गुरुङ, सचिवमा यदुराज पंगेनी, सहसचिवमा महेश श्रेष्ठ, कोषाध्यक्षमा इन्द्र भट्टराई छन्।

सदस्यमा गायत्री सिग्देल, बिमला श्रेष्ठ, मीना श्रेष्ठ, धर्मराज पौडेल ‘अल्पायू’, भरत सिग्देल, सीता भुजेल, अभय सिग्देल र लक्ष्मीप्रसाद सिग्देल छन्।

साधारणसभाले सचिव यदुराज पंगेनीले प्रस्तुत गरेको वाषिर्क र कोषाध्यक्ष सरोज श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ।

निर्वाचित अध्यक्ष राजेन्द्र भण्डारीले पुस्तकालयको माध्यमबाट समाज रुपान्तरणको यात्रा अघि बढाउने प्रतिबद्वता व्यक्त गरे।

त्यस अवसरमा समाजसेवी कर्णेल रामकाजी गुरुङले पुस्तकालयलाई नगद १० हजार पाँच रुपैयाँ आर्थिक सहयोग र समाजसेवी चन्द्रकान्त सिग्देल, कल्याणकुमार ढेवाजुले पँाच/पाँच हजार मूल्य बराबरका पुस्तक प्रदान गरेका थिए।

यसअघि साधारणसभा उद्घाटन गर्दै शिक्षाविद् जर्ज जोनले नवीन सोच र सकारात्मक दृष्टिकोणबाट मात्र समाज परिवर्तन हुन सक्ने उल्लेख गरे।

वडा १३ की महिला सदस्य कृष्णकुमारी गुरुङले पुस्तकालयको विकासको लागि वडाबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरिन्।

कार्यक्रममा समाजसेवी लोकबहादुर कार्की, निर्वाचन समितिका संयोजक माधव आचार्य, सदस्य योगेन्द्रमान श्रेष्ठ र गायत्री सिग्देलले बोलेका थिए।

त्यस अवसरमा बालक शास्वत सिग्देलले कविता वाचन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width