जनप्रतिनिधिलाई पर्वत मिलन समाजको सम्मान

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७४
parbat milan

पोखरा, २४ चैत । पर्वत मिलन समाज पोखराले पर्वत जिल्लाबाट प्रदेश, प्रतिनिधि र राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधि सभा सदस्य लालकाजी गुरुङ, प्रदेश ४ का प्रदश सभा अध्यक्ष नेत्रनाथ अधिकारी, प्रदेश ४ का मन्त्री विकास लम्साल, प्रदेश सभा सदस्य, जूनादेवी नेपाली, गायत्री गुरुङलाई सम्मान गरेको समाजका आजीवन सदस्य देवराज शर्माले जानकारी दिए।

सम्मानित व्यक्तित्वले अब सबै जुटेर पर्वतको विकास र समृद्धिमा योगदान दिने धारणा व्यक्त गरे।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफूले कानून बन्ने विषयमा कुनै त्रुटि हुन नदिई सुशासन र विकासमा खेल्न सकिने भूमिकामा कुनै कसूर बाँकी नराख्ने बताए ।

यस्तै अन्य वक्ताले पनि पर्वतले समग्र देशको र प्रदेशका महत्वपूर्ण क्षेत्रमा नेतृत्व प्रदान गर्ने तहका स्थान पाएको यो अवसरलाई साँच्चिकै पर्वतको शान रहने गरी आफूहरुले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

समाजकी अध्यक्ष अनिता गुरुङको अध्यक्षता रहेको सो कार्यक्रममा स्वागत मन्तव्य सुरेन्द्र पौडेल र सञ्चालन शिवालाल उपाध्यायले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । पोखरा न्युरोडमा बेरी लाउन्ज एन्ड बार सञ्चालनमा आएको छ । लाउन्ज एन्ड बार नयाँ वर्षको अवसर पारेर सञ्चालनमा…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…

hero news full width