५२ औं जन्मोत्सवमा ५२ युनिट रक्तदान

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७४
muni123

पोखरा, २४ चैत।मानव मिलन संस्था पोखरा तथा मानव मिलन नारी जागरण नेपालद्वारा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ।

मानव मिलनका संस्थापक नेपाल केशरी डा. मणिभद्र मुनिजीको ५२ औं शुभजन्मोत्सवका अवसरमा आयोजित कार्यक्रममा ५२ युनिट रगत संकलन भएपछि कार्यक्रमलाई समापन गरिएको थियो।

कार्यक्रममा मानव मिलन अन्तर्राष्ट्रिय अध्यक्ष कुशुम जैनले मानव मिलनका कार्यसमिति सदस्य प्रिया थापा तथा नेपाल केशरी डा मणिभन्द्र मुनिजी महाराजले आर्रुखर्क पोखरा सर्म्पर्क समाजका अध्यक्ष टीकाराम पौडेललाई व्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुरु गरेका थिए।

नेपाल केशरी डा. मणिभद्र मुनिजी महाराजको सानिध्यतामा भएको कार्यक्रममा मानव मिलन संस्था पोखराका अध्यक्ष रेशमराज सुवेदी, नारी जागरणका अध्यक्ष सविता बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि कुशुम जैन मानव मिलन संस्थाले गरेको कार्यको प्रशंसा गरिने भने। डा. मणिभद्र मुनिजीले आशीवचन प्रदान गरेका थिए।

कार्यक्रम संयोजक रमा ढकालले स्वागत तथा नारी जागरणकी निवर्तमान अध्यक्ष पार्वती पौडेलले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । पोखरा न्युरोडमा बेरी लाउन्ज एन्ड बार सञ्चालनमा आएको छ । लाउन्ज एन्ड बार नयाँ वर्षको अवसर पारेर सञ्चालनमा…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…

hero news full width