पोखरा, २४ चैत। कास्की वडी विल्डिङ एण्ड फिट्नेश एशोसिएसनले पोखरामा शनिबार स्पोर्टस् मेडिसिन कार्यक्रम गरेको छ।
खेलाडीले आफ्नो स्वास्थ्यका लागि अपनाउनुपर्ने सावधानीबारे जानकारी दिन सो कार्यक्रम गरिएको हो। प्रमुख अतिथि कास्की जिल्ला खेलकुद विकास समितिका शारीरिक सुगठन प्रशिक्षक जीवन घिमिरेले खेलाडीलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा सहजीकरण गर्दै क्लीनिकल फार्मेसिष्ट विजय काफ्लेले खेल जीवन शुरु गरेपछि र खेल जीवनपछि पनि स्पोर्टस् मेडिसिन जरुरी भएको उल्लेख गरे।
कास्की वडी विल्डिङ एण्ड फिट्नेश एशोसिएसनका अध्यक्ष राजुकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा खेलाडी प्रकाश पौडेलले स्वागत र सचिव दीपक बास्तोलाले सञ्चालन गरेका थिए। केही समय पहिले गठित एशोसिएसनले आयोजना गरेको पहिलो पटक स्पोर्टस् मेडिसिन कार्यक्रममा ५५ जनाको सहभागिता थियो।
Related News
सम्बन्धित समाचार
तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि
लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन
वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल
ढोलाहिटीलाई फुटबल उपाधि
बुद्ध विशालको फुटसल प्रतियोगिता
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१