गोरखा स्मारकमा आए शेष घले

आदर्श समाज सम्वाददाता
चैत्र २३, २०७४
IMG_9377

पोखरा २२ चैत। एनआरएनका पूर्व अध्यक्ष शेष घलेले निर्माणाधीन गोरखा स्मारक अवलोकन गरेका छन्।

स्याङ्जाको फेदिखोला गाउँपालिका वडा १ स्थित साल्मेडाँडामा निर्माण हुन लागेको उक्त स्मारक हेर्न उनी बिहीबार श्रीमती जमुना घले र आफन्तहरु सहित आइपुगेका हुन्।

त्यस अवसरमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले दोश्रो विश्वयुद्धमा वीरगति प्राप्त ६० हजार गोर्खालीहरुको स्मृतिमा स्मारक निर्माण हुनु महत्वपूर्ण भएको बताए।

अष्टे्रलियास्थित मेलवर्न इस्टिच्युट अफ टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत समेत रहेका घलेलेे स्मारक निर्माणमा अष्ट्रेलियाबाट सहयोग जुटाउन आफूले सक्दो पहल गर्ने जानकारी दिए। साथै उनले सकेसम्म विश्वयुद्धमा वीरगति प्राप्त गर्नेहरुको नाम ठेगाना शीलापत्रमा लेख्न स्मारक निर्माण समितिलाई सुझाव दिए। फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले गोर्खा स्मारक निर्माण जस्तो महत्वपूर्ण कार्यको दायित्व राज्यले पनि लिनुपर्नेमा जोड दिँदै स्थानीय सरकारबाट सक्दो सहयोग पुर्‍याउने बताए।

निर्माण समितिका सल्लाहकार डा चन्द्रबहादुर गुरुङले ८० रोपनी जग्गा परिसरभित्र स्मारक, समाधीस्थल, गोर्खा गार्डेन निर्माण तथा मिनी रेलमार्ग लगायतका योजना रहेको जानकारी दिए।

सो अवसरमा गेसो गण्डकी धौलागिरीका अध्यक्ष हर्कबहादुर पुनले गेसोले गरेको संघर्षबारे बताए।

गोरखा स्मारक निर्माण समितिका उपाध्यक्ष टीका पुनको अध्यक्षतामा भएको सो कार्यक्रममा समितिका सल्लाहकार दिवाकर सुवेदीले स्वागत तथा सल्लाहकार अविलास गुरुङले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width